मङ्लबार, असार २५, २०८१
  • होमपेज
  • समाचार
  • विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल गठन : सुदुर पश्चिम संयोजकमा गुलाब कान्छो

विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल गठन : सुदुर पश्चिम संयोजकमा गुलाब कान्छो

  • शनिबार, जेष्ठ २९, २०७८
विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल गठन : सुदुर पश्चिम संयोजकमा गुलाब कान्छो

नेपाली साहित्यको समग्र विकासको लागि विश्व नेपाली साहित्य प्रतिष्ठान नेपाल ( विनेसाप्र,नेपाल ) गठन गरिएको छ । साहित्यकार जनार्दन अधिकारी धड्कनकाे अध्यक्षता एवम् वरिष्ठ साहित्यकार डा. नारायण गैरेकाे प्रमुख अातिथ्यमा शुक्रबार बसेको स्रष्टाहरुको भर्चुअल भेलाले साहित्यकार जनार्दन अधिकारी धड्कनको अध्यक्षतामा १४ सदस्यीय केन्द्रिय कार्यसमिति गठन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षहरुमा पुष्कर रेग्मी पाल्पा, भरत सिग्देल नुवाकोट, सरस्वती शर्मा जिज्ञासु पर्वत, महासचिवमा शिव खनाल जीवम स्याङ्जा, सचीवमा मनिष कुमार शर्मा समित भक्तपुर, कोषाध्यक्ष सुधा ढकाल बास्कोटा काठमाडौं र सहसचिवमा सविता केसी बझाङ रहनुभएको छ । केन्द्रिय सदस्यहरुमा खगेन्द्र बस्याल रुपन्देही, निरु गौतम मोरङ, दिक्षा सुबेदी विरगंज, खगेन्द्र बस्याल रुपन्देही, लक्ष्मी प्रसाद मिश्र लमजुङ, सुरेन्द्र शाही “गुलाब कान्छो”, बाजुरा र भावना खनाल पाल्पा रहनुभएको छ । संस्थाको विदेश विभाग प्रमुखमा साहित्यकार खगेन्द्र बस्याल रहनुभएको छ । साथै संस्थाको प्रदेश संयोजकहरुमा निरु गौतम प्रदेश १, दीक्षा सुवेदी प्रदेश २, लक्ष्मी प्रसाद मिश्र प्रदेश गण्डकी र सुरेन्द्र शाही “गुलाब कान्छो” सुदुरपश्चिम प्रदेश संयोजक तोकिनुभएको छ । केन्द्र र प्रदेशलाई चाँडै नै पुर्णता दिईने कुरा नवगठित समितिका अध्यक्ष जनार्दन अधिकारी धड्कनले बताउनुभयो । प्रतिष्ठानको सल्लाहकारमा वरिष्ठ साहित्यकार डा नारायण गैरे रहनुभएको छ ।

प्रतिष्ठानको विभिन्न विधा संयोजक, प्रकाशन तथा प्रसारण विभाग, नियमित कार्यक्रम विभाग, साजसज्जा विभाग, प्रशिक्षण विभाग लगायतका दर्जनौं विभागहरु गठन गर्न बाँकी छ । प्रतिष्ठानले नेपाली भाषाभाषी रहेका विश्वका सबै देश र नेपालका सबै स्थानीय तहहरुमा आफ्नो संगठन बिस्तार गर्ने योजना बनाएको छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार डा नारायण गैरेले संस्था गठन र विश्वव्यापी संन्जाल निर्माणले नेपाली साहित्यको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको अन्तमा अध्यक्ष धड्कनले सबैकाे समर्थनबाट पाएकाे याे जिम्मेवारी नेपाली साहित्यकाे विकासमा इमान्दारी पूर्वक सबैकाे साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन स्रष्टा निरु गौतमले गर्नुभएको थियोे । साहित्यकार शिव खनाल जीवमले स्वागत मन्तव्य राख्नुहुँदै कार्यक्रमको औचित्यता माथी प्रकाश पार्नुभएको थियोे । कार्यक्रममा देश विदेशका उल्लेख्य स्रष्टाहरुको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार