बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाचार
  • धनगढीबाट बाजुराका लागि हिँडेको जीप डोटीमा दुर्घटना, एक जनाको मृत्यु

धनगढीबाट बाजुराका लागि हिँडेको जीप डोटीमा दुर्घटना, एक जनाको मृत्यु

  • शुक्रबार, जेष्ठ २८, २०७८
धनगढीबाट बाजुराका लागि हिँडेको जीप डोटीमा दुर्घटना, एक जनाको मृत्यु

डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको दिपायलशिलगढी नगरपालिका वडा ४ कलागाडस्थित रेडियो नेपाल नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उक्त दुर्घटनामा जीप चालक धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका ५० वर्षीय हुकुम शाहको मृत्यु भएको हो।

कुखुराका चल्ला बोकेर धनगढीबाट बाजुराका लागि हिँडेको सुप्रप ०१०० च २६१५ नम्बरको जीप शुक्रबार बिहान ५ बजेको समयमा दुर्घटना भएको डोटी प्रहरीले जानएको छ। उक्त दुर्घटनामा परि गम्भीर घाइते भएका शाहको दिपायलको शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

जिप सय मिटर तल खसेको छ। जिल्ला प्रहरी कार्यालय डोटीबाट घटनास्तलतर्फ प्रहरीको टोली खटीएको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार