शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • यी हुन् इतिहासकै सबैभन्दा अभागी व्यक्ति, निकै अनौठो छ कहानी

यी हुन् इतिहासकै सबैभन्दा अभागी व्यक्ति, निकै अनौठो छ कहानी

  • बिहिबार, जेष्ठ २७, २०७८
यी हुन् इतिहासकै सबैभन्दा अभागी व्यक्ति, निकै अनौठो छ कहानी

संसारमा अभागी मानिसहरु धेरै होलान् । तर, बेलायतका वाल्टर समरफोर्डलाई इतिहासकै सबैभन्दा अभागी व्यक्ति मानिन्छ । समरफोर्डको कहानी निकै रोचक छ । उनी बेलायती सेनाको अधिकृत थिए । उनीमाथि एकै प्रकारका तीनवटा घटना घटेका थिए, सोही कारण उनलाई सबैले अभागी मान्छे भन्न थाले । जीवित छँदा मात्र होइन मरेपछि पनि उनीमाथि सोही घटना घटेको थियो ।

सन् १९१८ मा समरफोर्डले पहिलो घटनाको सामना गरे । उनी प्रथम विश्वयुद्धको समयमा बेल्जियममा तैनाथ थिए । एकदिन उनी घोडसवारी गरिरहेका थिए । त्यसैबेला अकस्मात उनीमाथि चट्याङ पर्‍यो । जसका कारण उनको कम्मरमुनिको भाग सख्तरुपमा घाइते बन्यो । यद्यपि केही समयपछि उनी पूर्णरुपमा निको भएर हिँडडुल गर्न सक्ने भए । तथापि त्यतिबेलासम्म उनलाई सेनाले जबर्जस्ती सेवाबाट हटाइसकेको थियो ।

पहिलोपटक चट्याङ बजि्रएको ६ वर्षपछि उनीमाथि दोश्रो घटना भयो, सन् १९२४ मा । त्यस समय उनले क्यानडामा आफ्नो नयाँ जीवन सुरु गरिसकेका थिए । एकदिन उनी माछा मार्नका लागि नजिकैको तालमा गएको बेला किनारामा रहेको एक रुखको मुनि बसेका थिए । त्यहीबेला अकस्मात उनीमाथि फेरि चट्याङ पर्‍यो । त्यसबेला उनको शरीरको दायाँ तथा आधा भागमा सख्त चोट लागेर नचल्ने भयो । तथापि चमत्कारिक रुपमा दुई वर्षमा उनी पूर्णरुपमा निको भएर हिँडडुल गर्न थाले ।

अभागीको कर्मै खोटो भन्ने उखानै छ । सायद समरफोर्डको जीवनमा त्यस्तै भयो । दोश्रोपटक चट्याङमा परेको ६ वर्षपछि उनीमाथि पुनः चट्याङ बजि्रयो । यो घटना सन् १९३० को हो । उनी एक पार्कमा टहलिरहेका थिए र सुन्दर दृश्यहरु हेरिरहेका थिए । त्यसबेला अचानक मौसम खराब भयो र आकाशमा कालो बादल मडारिएर गर्जिन थाल्यो । अकस्मात बिजुली चम्किएर उनीमाथि चट्याङ खस्यो ।

तेश्रोपटक चट्याङ खसेको २ वर्षसम्म उनले संघर्ष गरिरहे तर अन्ततः उनी जिन्दगीको लडाइँमा हारे र सन् १९३२ मा उनको मृत्यु भयो ।वाल्टर समरफोर्डको मृत्युपछि उनका आफन्तले उनको शवलाई क्यानडाको भ्यानकुभरस्थित माउन्टेन भ्यू चिहानमा अन्त्येष्टि गरिदिए ।

अनौठो त के भने जीवनमा ३ पटक आक्रमण गरेको चट्याङले मृत्यु भैसकेपछि पनि उनलाई छाडेन । सन् १९३६ मा उनको शव गाडिएको चिहानमा समेत चट्याङ परेको थियो । चट्याङका कारण उनको चिहानमाथि स्थापित शिला फुटेको थियो । अनौठो त के भने उनी जीवित रहँदा तेश्रोपटक चट्याङ परेको ६ वर्षपछि पनि उनको चिहानमाथि चट्याङ परेको थियो । अर्थात् उनीमाथि हरेक ६र६ वर्षमा चट्याङ परेको थियो ।

हरेक ६ वर्षपछि वाल्टर समरफोर्डमाथि किन चट्याङ पर्दथ्यो भन्ने कुरा आज पनि रहस्यकै विषय रहेको छ । सायद त्यही भएर होला उनलाई इतिहासकै सबैभन्दा अभागी मान्छे भनिन्छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार