नेकपा (मसाल) !

  • मङ्लबार, जेष्ठ २५, २०७८
नेकपा (मसाल) !

जनक बिसि– # १- तिम्रा हरेक संझनाका क्षणहरु स्मरण गरिरहदा हामीलाई प्रिय लागि रहेका छन ,
थाहा छैन त तिमिलाई तिम्रै स्वभाव र प्रभाव कस्तो छ त्यो चेहरा अनुहारलाई सिसाकाे ऐनामा देखाउ
र तल जनता माझमा जाँउ ,,,,हेर त तिमी श्रमजीवी न्याय प्रेमि जनतालाई कतिका झुट कुरा गरेर चाेखाे हुन खाेजि रहेका छाै ?
हामीलाई भनी रहेका छाै जनक जि नेकपा (मसाल ) तिम्रो पिताजि काे बिर्ता हाे र ?

# २- ताला चाँपि सुम्पदा पनि हामीलाई त हात लाग्याे शुन्य ,
आठौं महाधिवेशनकाे स्प्रिट लाईन कै बिरुद्ध तिमीहरू हल्ला बाेल गर्दै हिडिरहदा
र गुटबन्दीकाे खेतिपाति गर्दै जादा तिमीहरू मङ्गल ग्रहकाे शुन्य डिग्रीमा फँसि सकेका छाै ,,,,
हामीलाई भन्दछाै जनक जि
नेकपा (मसाल) तिम्रो पिताजी काे बिर्ता हाे र ?

# ३- तिमीहरू मनाेरन्जन गर्दै जाँउ नेकपा (मसाल ) बाट अनुशासनकाे कारबाहीबाट बाहिरीएकाहरुलाई गुटबन्दी गर्दै हिडि रहाै ,
देश बेच्ने मतियार प्रतिगामि ओलि सरकारका दाश बने छाै भने पनि नेपाली जनता चकित त हुदैनन हुदैनन
तर तिमीहरू कतिका बेइमानी हाै भन्ने कुरा श्रमजीवी जनताले बुझ्ने छन
हामीलाई भन्दछाै नेकपा (मसाल) जनक जि तिम्रो पिताजी काेे बिर्ता हाे र ?

# ४- जाँउ जाँउ जाँउ कहाँ जादैछाै , हामीले देखिरहेका छाै धर्तीमा जन्म ल्याएका किरा फटयांग्राहरु प्रलाेप भएर मर्न पर्दा प्राणि न हाे कैयौं प्रयत्न गर्दछ प्राण जाँदै जादैन ,,,
अन्त्यमा मर्नु पर्दा पुच्छर भागमा सिङ्जुडाे निकालेर मर्दछन ,,
हाे त तिमीहरूको हालत
यहीँ हालत बनी रहेको छ
भन्दछाै हामीलाई जनक जि नेकपा (मसाल) तिम्रो पिताजी काे बिर्ता हाे र ?

# ५- बेइमानीकाे घर आफै बनाएर आफै अलगअलग भइरहेका छाै ,
बिकाश त यस्तै हाे बिनाशकाे दिशामा दगुरि रहेका छाै ,
” राता ” क्रान्तिकारिहरुलाई देखेर बहुदलीय जनबादकाे मार्गमा ठाेक्किएका छाै
हामीलाई भन्दछाै जनक जि नेकपा (मसाल) तिम्रो पिताजी काे बिर्ता हाे र ?

हामीले तिमीहरूलाई सरल जवाफ दियाै नेकपा (मसाल) निमुखा गरिब , किसान , मजदुर , जातिजनजाति , दलित, उत्पिडित दबिएका दु:खि र सर्वहारा वर्गहरुकाे मिलिटेन्ट दस्ता हाे । नेकपा (मसाल ) ।

चर्चामा

सम्बन्धित समाचार