मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • राजनीति
  • बाजुरा बाट निर्वाचित प्रदेश सांसद बल्देब रेग्मिले छोडे नेपाल समुह

बाजुरा बाट निर्वाचित प्रदेश सांसद बल्देब रेग्मिले छोडे नेपाल समुह

  • मङ्लबार, जेष्ठ २५, २०७८
बाजुरा बाट निर्वाचित प्रदेश सांसद बल्देब रेग्मिले छोडे नेपाल समुह

बाजुरा–बाजुरा प्रदेश क बाट निर्वाचित प्रदेश सांसद बल्देब रेग्मिले नेकपा एमालेको नेपाल समुह छोडेका छन् । भिम रावल नजिक मानिने सांसद रेग्मिले मंगलबार भएको मतदानमा मुख्यमन्त्री बिरुद्ध मतदान गरेका हुन । यसअघि उनी नेपाल समूह तथा भीमबहादुर रावल नजिकका रुपमा चिनिदै आएका थिए ।
रेग्मीले समूह परिवर्तन गरेसंगै सुदूरपश्चिम प्रदेश सभामा ओली पक्षिय प्रदेश सभा सदस्यको संख्या सात पुगेको छ । नेपाल पक्षमा अव १७ प्रदेश सभा सदस्य छन् । बिचमा तटस्थ रहेका ति महिना पहिला रेग्मि बाजुराको कोल्टिमा नेपाल समुहको बिरोध सभामा सहभागि भएका थिए ।
कोल्टिको कार्यक्रम सहभागि पछि पनि उनि मौन जस्तै देखिएका थिए । मंगलवार शुदुरपश्चिम प्रदेश सभामा मुुख्यमन्त्री बिरुद्ध मतदान गरेपछि उनले नेपाल समुह छोडेको प्रष्ट भएको छ । मुख्यमन्त्रीका विपक्षमा नौ मत परेकोमा सात मत ओली समूहका एमालेको हो । दुई मत भने राजपाको हो । रेग्मिले नेपाल समुह छोडेपछि बाजुरामा नेपाल समुहमा तरङ्ग पैदा भएको छ ।

चर्चामा

सम्बन्धित समाचार