• होमपेज
  • राजनीति
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो, पाए ३० मत

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो, पाए ३० मत

  • मङ्लबार, जेष्ठ २५, २०७८
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो, पाए ३० मत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन्। यो सँगै उनको पद जोगिएको छ।

मंगलबार विश्वासको मत मागेका उनको पक्षमा ३० मत खसेका छन्। उनको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेका हुन् उनको विपक्षमा ९ मत खसेका थिए।

कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेका थियो। यस्तै जनता समाजवादी पार्टी(जसपा)ले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नलिने निर्णय गरेको थियो।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए। उनीहरूमध्ये १२ जना मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार