• होमपेज
  • समाचार
  • हिलाम्ये बन्दै बझाङ्को देउलेख सडक,सपनामै सिमित ताक्लाकोड रोड

हिलाम्ये बन्दै बझाङ्को देउलेख सडक,सपनामै सिमित ताक्लाकोड रोड

  • मङ्लबार, जेष्ठ २५, २०७८
हिलाम्ये बन्दै बझाङ्को देउलेख सडक,सपनामै सिमित ताक्लाकोड रोड

अर्थ जङ्ग शाही / बझाङ्ग —बित्थडचिर गाउपालिकाको देउलेख बजारको हिलाम्ये सडकले नागरिकलाई सास्ती दिएको छ । देउलेख बजारको रोड कटान गरि दुई लाईन सडक बनाउँदा खेरी हिलाम्ये ले चिप्लेटि जस्तो भएको छ, झन त्यसै माथि बर्षाको यो समयमा रोड बाट माटो पनि नउठाएको स्थानिय मदन ओखेडाले बताएका छन्।

देउलेख बाट बागथाला,देउरा,झोता हुदै चैन्पुर जाने यो सडक पूरै हिलाम्ये हुँदा नागरिकले सास्ती भोगिरहेका छन्। झन त्यसै माथी हिलाम्ये रोडमा ट्रक,ट्याक्टर पार्किङ्ग गरेर मान्छेहरुलाई सामान लगेर ओसारपोसार गर्न अप्ठ्यारो भएको स्थानिय ब्यक्ति राम बहादुर ओखेडाले बताएका छन्।

यातायातका साधन मोटरसाइकल, अटो, तथा दैनिक ओहोरदोहोर गर्ने ब्यक्तिहरुलाई निकै सास्ती भोग्नु परेको देउलेख बजारका स्थानियबासीहरुको भनाई रहेको छ।

दैनिकि मजदुरी गरीखाने मान्छेहरुलाई सामान बोकेर यताउता लैजाउन र काँधमा चामलको कट्टा राखेर खुट्टामा चप्पल नलगाएर हिड्न बाध्य भएका छन्। यस बिषयमा बाटो छिटो र सुधारको लागी चिरबित्थड गाउपालिका र प्रशासन निकाएको पनि ध्यानआक्रषण होस् भन्ने देउलेख बासीहरुको भनाई रहेको।

यस बिषयमा थप यथार्थ कुरा बुझ्नका लागी हामीले देउलेख सडकको ठेक्का पाँउने पेटी ठेकेदार गणेश बोहोरा सँग फोन सम्पर्क गरेर कुरा बुझ्दा खेरी देउलेख बजार को सडक लाई जतिसक्दो हामीले छिटो छरितो काम गराईरहेका छौ, र हामीले तीन स्काभेटर लगाईरहेका छौ। अहिलेको यो समयमा मौसम खराब भई पानी पर्ने भएको हुनाले काम गर्ने मान्छेलाई पनि बाधा अट्कन पुर्याएको छ ठेकेदार बोहोराले बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार