• होमपेज
  • समाचार
  • पोखरीमा डुबेर एक बालिकाको मृत्यु

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

  • सोमवार, जेष्ठ २४, २०७८
पोखरीमा डुबेर एक बालिकाको मृत्यु

सिरहाको लहान नगरपालिकामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लहान नगरपालिका–१५ मा रहेको पोखरीमा डुबेर स्थानीय बमभोली दासकी अन्दाजी ५ वर्षीया छोरी कृतिका दासको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपन दाहालका अनुसार बुवाआमा खेतीपातीमा व्यस्त भएका बेलाबालिका पोखरी छेउमा खेल्दै गर्दा पोखरीमा खसेर डुबेकी थिइन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार