शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने सिटामोलको अभाव

सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने सिटामोलको अभाव

  • सोमवार, जेष्ठ २४, २०७८
सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने सिटामोलको अभाव

सुदूरपश्चिम प्रदेशका सरकारी स्वास्थ्य संस्थामा सिटामोल जस्ता अत्यावश्यक निःशुल्क औषधिको मौज्दात निकै कम रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

प्रदेशको कुल जनसंख्या ३० लाख पुगेको अनुमान गरिएको छ तर प्रदेश सरकारले भने निःशुल्क औषधिका लागि निकै कम बजेट छुट्याउने गरेको कारण मागअनुसार औषधिको सहज आपूर्तिमा कठिनाइ भइरहेको छ।

नेपाल सरकारको ७० किसिमका अत्यावश्यक औषधि सरकारी अस्पताल र स्वास्थ्य संस्थामार्फत निःशुल्क दिने नीति भएपनि प्रदेश सरकारले पर्याप्त बजेटको व्यवस्था नगर्दा बिरामीले नीजि मेडिकलबाट औषधि खरिद गरेर सेवन गर्नुपरेको छ।

सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत मात्रै औषधि खरिद र आपूर्ति गर्दा पहाडी जिल्लामा भने औषधि आपूर्तिमा बिलम्ब हुने गरेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार