• होमपेज
  • समाचार
  • निषेधाज्ञा लागू गर्दा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ७ घाइते

निषेधाज्ञा लागू गर्दा प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ७ घाइते

  • सोमवार, जेष्ठ २४, २०७८
निषेधाज्ञा लागू गर्दा  प्रहरी र स्थानीयबीच झडप, डीएसपीसहित ७ घाइते

रौतहटको गरुडामा निषेधाज्ञाको कार्यानयन गराउने क्रममा स्थानीय र प्रहरीबीच झडप हुँदा डीएसपीसहित ७ जना प्रहरी घाइते भएका छन । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर २ गेडहीगुठीमा प्रहरी र स्थानीयबीच झडप भएको हो ।

गेडहीगुठीमा तीन ओटा विवाहमा भीडभाड गरी डिजे बजाएर निषेधाज्ञाको अवज्ञा गर्दा प्रहरीहरूले हस्तक्षेप गर्दा प्रहरीमाथि ढुङ्गा प्रहार गरे पछि झडप भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सिद्धीविक्रम साहले बताए । झडपमा परी इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी द्वारिका घिमिरेसहित ७ जना प्रहरी घाइते भएका छन् ।

घाइते डीएसपीसहित प्रहरीहरुको स्थानीय गरुडास्थित ग्राण्डी सिटी अस्पतालमा उपचार भइरहेको एसपी साहले बताए। गत राति अन्दाजी ९ बजे भएको उक्त घटनामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चर्चामा

सम्बन्धित समाचार