
अर्थ जङ्ग शाही/ बझाङ्ग — लकडाउनले देश ठप्प हुँदा यसको प्रभावले जिल्लाको अति विपन्न नागरिक दिनानुदिन पीडित बन्न थालेका छन्। दैनिक ज्यालादारी गरी कमाएको पैसाले दुई छाकको जोहो गर्ने परिवारलाई यतिबेला भोको पेट कसरी भर्ने भन्ने चिन्ताले सताउन थालेको छ।
कोरोना संक्रमण रोक्न भन्दै लकडाउन गरिएको छ। तर मानिसहरु रोगले भन्दा भोकले धेरै मर्ने जोखिम देखिएको छ। नगरमा दैनिक काम गरेर खाने मानिसको संख्या धेरै छ। करिब पाँच महिनादेखि उनीहरु कामविहीन भएका छन्। दैनिक मजदूरी गरेर परिवार पाल्नेहरु अहिले बिचल्लीमा परेका छन्।
जयपुथ्वी नगरपालिका वडा न १ घर भई, हाल चैन्पुर कोठा लगेर बसेका बर्ष ४६ का गोपाल बहादुर सिँहलाइ यतिबेला आफूले काम नपाउँदा आफ्नो साँझको खानाको गुजारा कसरी चलाउने भन्ने चिन्तित भएका छन्। लकडाउन हुनु भन्दा पहिला सिमखेत बजार देखी चैन्पुर बजार सम्म एक टिरिप सामान फालेको पचास रुपैँया मात्र हुदाँ पनि त्यो पचास रुपैँया हामी काम गरिखानेको लागी लुटिएको छ। यतिखेर लकडाउन गरीएको हुदाँ हामी मजदुरी गरी खाने मान्छेको गाँस खोसिएको छ सिँहले बताएका छन्। साँझको गुजारा चलाउने सिँह लाइ यतिबेला भोको पेट कसरी भर्ने भन्ने चिन्ताले सताएको छ।
यसरी घरभित्र थुनिराख्दा मानिसहरु कोरोना रोगबाट भन्दा भोकमरीबाट धेरै मर्ने अवस्था सिर्जना होला भन्ने डर लाग्न थालेको छ। जयपुथ्वी नगरपालिका १० का मदन बिकले पनि आफूले काम गर्न नपाएपछि साँझको खानाको गुजारा कसरी चलाउने भनेर चिन्तित भएका छन्। आफूले भोक सहेर सुत्न सकेपनि साना छोराछोरीलाई भोकै सुताउन मनले नमान्ने आशाको पीडा छ। आफूले गर्दै आएको ज्यालादारीको काम ठप्प हुँदा मदन बिक को परिवारलाई यतिबेला समस्या परेको छ।
बिहान खाए बेलुका के खाउंँ भन्ने मजदुरलाई रोगले भन्दा पनि बढी भोकले सताएको छ । ‘हामी सरकारको नियम पालना गरेर घरभित्र बसिरहेका छाैं भने सरकार पनि हामीप्रति जिम्मेवार हुनुपर्छ ।”सिँहले बताए।
किराना पसलमा पनि धेरै उधारो भयो, किनेर ल्याउनुपर्छ भन्दै साहुले सामान दिन छाडे’,सिहँले भने, ‘छरछिमेकमा भयो भने पैंचोले काम चलाउने गरेका छौं, नत्र भोकै सुत्नुपर्ने अवस्था छ।’ फेरिपनि लकडाउन खुल्छ कि भनेर दिन गन्ती गर्दै बसेका सिँह, यतिबेला झन् लकडाउन थपिदैँ जाँदा आफू लगायत ज्यालादारीमा काम गर्ने लाई साँझको खाना कसरी खाँउ भनेर कठिन भएको सिँहले बताएका छन्।
