आयरल्याण्डको एक पुस्तकालयबाट एकजना पाठकले पढ्नका लागि लगेको पुस्तक ६४ वर्षपछि फिर्ता गरेका छन् । आयरल्याण्डको मोनाघान पुस्तकालयबाट सन् १९५७ को जनवरी ११ मा हिलारी बेल्लोकद्धाा लिखित ‘द हेज एण्ड द हर्स’ नामक पुस्तक लगिएको रहेछ । पढ्नका लागि लगेको किताब ६४ वर्षपछि गत मे महिनामा फिर्ता गरिएको छ ।
पुस्तकालयमा ६ दशकसम्म पनि किताब फिर्ता नगर्दा जरिवाना त टन्नै लाग्नुपर्ने हो । पुस्तकालयको पूरानो नियमानुसार पुस्तक लैजाने ती पाठकले ६४ वर्षको जरिवानाबापत २ हजार डलर बराबरको रकम तिर्नुपर्ने थियो । तर पुस्तकालयले सन् २०१९ मै विलम्बबापतको शुल्क लिने पूरानो नियम खारेज गरेको हुनाले ती व्यक्तिले जरिवाना तिर्नु परेन ।
यति लामो समयसम्म किताब कहाँ थियो र किन फिर्ता गरिएन भन्ने कुराचाहिँ थाहा नभएको लाइब्रेरियन के क्यासिडीको भनाइ छ ।
एजेन्सी