बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

  • आइतवार, जेष्ठ २३, २०७८
बन्दुकधारीहरुको आक्रमणबाट ८८ जनाको मृत्यु

बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ। देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्।

डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ।

घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो। तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले बताए। थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा रहेका छन्। यसअघि गत अप्रिलमा पनि सोही ठाउँमा नौ प्रहरी र दुई जना नागरिक पनि आक्रमणमा परी मारिएका थिए।

चर्चामा

सम्बन्धित समाचार