बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के सरकारले चुरेको मात्र सौदा गरेकोछ?

के सरकारले चुरेको मात्र सौदा गरेकोछ?

  • शुक्रबार, जेष्ठ २१, २०७८
के सरकारले चुरेको मात्र सौदा गरेकोछ?

सुरेशकुमार पान्डे — देशको सार्वभौमिकता र अखण्डता लाई आँच पुग्ने खालको सौदा गरेर देशको स्वाभिमान सँग खेलवाड गर्दै छ।अहिले उन्का प्रेस सचिब ले भन्छन हामि सँग जे छ त्यहित निर्यात गर्नेहो।”हामि सँग चुरे छ,गिट्टिछन,बालुछ,पानीछ हामि सँग बनजङ्गलछ। बिभिन्न खानिहरुछन,चुन ढुङ्गाछ जो निरन्तर उत्तखनन हुँदैआएकोछ।कोईला,तामा फलाम लगायतका बस्तुहरु बनजङ्गलमा भएका काड कण्ठमुल औषधी हरु सबै नियार्त भयकाछन।कोई सरकारी निकाँएले गरेकोछ कोई तस्करको माध्यायम बाट भयकाछन।देशको भेषभुशा जल जङ्गल भूमि सबै जसोमा बिदेशिको अतिक्रमण बढ्दै गएकोछ।

सरकारले देशको सम्पत्ति कौडिको दाममा बेचेर आफ्नो ईमान समेत लिलाम गरेर भयपनि आफु सत्तासिन भैरहने प्रयात्न गर्दैछ।आज नागरिकता बिध्यायकले देशलाई फीजी बनाउँन कुनै कसर छाडेकोछैन उस्तै अहिले चुरेको ढुङ्गा गिट्टिको ब्यापारगरेर आफ्नो संघिय साशनलाई मलजल दिने प्रयात्न गर्दैछन।जसरी भयपनि संघियता लाई बलियो गराउँने सरकारको जोड भएपनि संघियता देशले थेग्न कठिनछ।
अन्तिममा संघियता लाई खारेज नगर्दै देश आत्मनिर्भर बन्न सक्नेछैन।अहिले चुरे मा भयको गिट्टि ढुङ्गाको कुराउठेकोछ।आखिर यो चुरेको बारेमा थोरै भएपनि बुझ्दा नराम्रो नहोला।

“चुरे”हिमालय क्षेत्रको दक्षिण(तराई)बाट उत्तर हेर्दा तराईको समथर मैदान पछि देखिने उठेको पहिलो उभार तथा महाभारत क्षेत्रबाट दक्षिण तर्फ ओर्लिदा समथर तराई आउनु अघीको अन्तिम पर्वतिय क्षेत्रलाई चुरे,चुरिया,वा शिवालिक पर्वत भनिन्छ।यो खकुलो पत्रेचट्टान र कमलो माटोले बनेको भूभाग नेपालको पूर्व-पश्चिम फैलिएकोछ।पाकिस्तानको ईन्दस नदी देखि नेपाल हुँदै भारतको ब्रम्हपुत्र नदी सम्म फैलिएको चुरेले नेपालको कुल क्षेत्रफलको१२.७८%भुभाग ओगटेकोछ।नेपाल भित्र चुरे क्षेत्रले पूर्वको ईलाम देखी सुदूर पश्चिमको कञ्चनपुर सम्मको ३६जील्लाका केहि भूभागलाई ओगटेकोछ।करिब८००कि.मि.क्षेत्रफलमा फैलिएको छ।भूगर्व बिद्धको अध्यायननुसार करिब चारकरोड बर्ष पहिले हिमालय उत्पात्तिका क्रममा ग्रेगार र थेगार थुप्रिएर चुरेक्षेत्र निर्माण भयको हो भनेर अनुमान गरिन्छ।उत्तर बाट हिउँ पग्लेर बग्दै आउँने नदी महाभारतको क्षेत्र हुँदै अन्तिममा चुरेबाट तराई तिर बग्दछन।त्यसैले पनि यो कम्लो ढुङ्गा माटोले बनेको क्षेत्र प्रर्यावरणिय दृष्टीले अत्यान्तै सम्बेदन शील मानिन्छ।चुरेको फेँदिमा नदीले बगाएर ल्याएको ढुङ्गा र गिट्टीछ।त्यसैलाई अहिलेको सरकारले बेच्दैछ।जस्ले दक्षिणी समथर तराईका लागी पानी सञ्चित गरि भूमिगत जल भण्डारमा महत्वपूर्ण भूमिका खेल्छ।नेपालको चुरेक्षेत्रले जम्मा जङ्गलको७३ प्रतिसत भूभाग ओगटेकोछ।चुरे श्रृखंला नेपालको७७जील्ला मध्य३७जील्लाहरुका केहि न केही भूभाग ओगटी फैलिएकोछ।एसको चौडाई(उत्तर-दक्षिण)ठाउँअनुसार १०-देखी५०किमि.सम्म भयकोछ।यो क्षेत्रलाई गत२०७४/२/२/४को गुरु योजना अनुसार २०बर्षमा१६४वटा नदी प्रणालिहरुको ब्यबस्थापन गर्न पर्ने योजनाछ।पहिलो पाँच बर्षमा सबै नदीको सम्रक्षाण गर्ने भनिएको थियो।
यो राष्ट्रपतिको समरक्षाणमा रहेको भनिन्छ।

अहिले यँहा भएको गिट्टि र ढुङ्गाको सौदा गर्दैछ हरकारले अनि भन्छन जो सँग जेछ त्यहि निर्यात गर्नेहो हामि सँग चुरेछ त्यसैको ब्यपार गर्छौ।देशमा रहेको कम्युनिष्टो लोगो भिरेको सरकारले देशलाई नाङ्गेझार पार्न तत्तपरछ।
अहिले ओलि सरकारले लगातार रास्ट्रीयतालाई बन्दकी राखेर चुनाउमा जित हासिल गर्ने प्रयात्न गर्दै आएको कुरा कसै सँग लुकेकोछैन।
देशमा बढ्दै गएको महामारी प्रति सरकारले चुप्पि साधेकोछ।उसको जोड छिमेकीको दलालि गर्नेमाछ।यो नव लेण्डुवे षप्रबृतिहो जस्ले देशलाई सिक्किमि कर्ण गर्दै लैजाने प्रष्टछ।

अहिले उन्का झोलेहरु ओलिको भजन गाउँनमा ब्यबस्तछन।उनिहरुले बिर्शिए अब फेरी पनि जनताको माझमा नगइ हुनेछैन।जनताले चुनेका जनप्रतिनिधिहरु जनताको सुखःदुःखमा सामिल हुन सकेकाछैनन।आउँने वाला आम निर्वाचनमा उनिहरुलाई यो गलतिको सजाए अबस्य पनि मिल्नेछ।सवाल ओलिको मात्रैहोईन तमाम जनप्रतिनिधिहरु केहि अपवादलाई छाडेर मुलरुपमा आफ्नो जिम्मेवारी बाट भागेकोनै देखिन्छ।अहिले सरकारले गरेको लगातार राष्ट्रियताको सौदाले देशलाई खोकलो पार्दै लगेको छ।

चर्चामा

सम्बन्धित समाचार