बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बिरामीलााई टेलिफोन मार्फत परामर्स सेवा

बिरामीलााई टेलिफोन मार्फत परामर्स सेवा

  • बिहिबार, जेष्ठ २०, २०७८
बिरामीलााई टेलिफोन मार्फत परामर्स सेवा

बाजुरा — सामाजिक अगुवा तथा डाक्टर सुरेन्द्र ऐरको नेतृन्वमा कोरोना संक्रमित तथा अन्य बिरामीहरुलाई टेलिफोन मार्फत परामर्स सेवा सुरु गरेको छ । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलाली अस्पतालमा फिजियोथेरापी बिभाग प्रमुख रहेका डाक्टर सुरेन्द्र ऐरको नेतृत्व “म बाँच्छु अनि बचाउँछु अभियान” को समन्वयमा कोभिड १९ र अन्य बिरामीहरुले फोन मार्फत स्वास्थ्य परामर्श सेवा लिन सक्ने अभियानको थालनि गरिएको सामाजिक अभियान्ता पुरनराज जैशीले जानकारी दिएका छन् । केही सकारात्मक सोच,उर्जा भएका युवामार्फत संचालित “म बाच्छु अनि बचाउछु” अभियानले कोभिड–१९ को विषम परिस्थितिमा कोरोना पोजेटिभ हुने डरले परिक्षण नगराएका, अन्य संक्रमणको डरले स्वास्थ्य सस्था नगएर घरमै बसेका र औषधि सेवनमा समस्य लगाएतका बिरामीहरुले टिलिफोन मार्फत परामसै लिन पाउने अभियान्ता जैशीले बताए ।
अभियान सुदुरपश्चिम प्रदेशका नौ ओटै जिल्ला र अन्य जुन सुकै ठाउका नागरिकहरुले सेवा लिन पाउने गरि निशुल्क सेवा सुरु गरिएको उनले बताए । सबै जिल्लाका बिकट बस्तिहरुका सबै ठाउका नागरिकहरु स्वास्थ्य पहुच भन्दा टाढा रहेकोले यस्ता ठाउका नागरिकहरुले बिशेष लिन पाउने र त्यस्तो बिकट बस्तिका नागरिकलाई सहज हुने छ ।
“म बाच्छु अनि बचाउछु“को अभियान डाक्टर सुरेन्द्र ऐरको टीमले गरेको पबित्र कामको थालनी पछि सर्बसाधारणले धन्यवाद दिएका छन् । अभियान प्रचारको लागि संचार माध्याम देखी सामाजिक संजालमा सुचना सम्प्रेषण गरिदिन सामाजिक अभियान्ताले अनुरोध गरेका छन् ।
निशुल्क टेलिफोन परामर्स को लागि

चर्चामा

सम्बन्धित समाचार