• होमपेज
  • समाचार
  • अवैध मदिरासहित कुवेतमा ३ जना नेपाली पक्राउ

अवैध मदिरासहित कुवेतमा ३ जना नेपाली पक्राउ

  • बुधबार, जेष्ठ १९, २०७८
अवैध मदिरासहित कुवेतमा ३ जना नेपाली पक्राउ

अवैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने ३ नेपाली कुवेतमा पक्राउ परेका छन्। सुरक्षा टोलिले एउटा अपार्टमेन्टमा छापा मार्दा ठूलो मात्रामा घरेलु मदिरासहित उनीहरुलाई पक्राउ गरिएको हो।

सो क्रममा ठूलो परिमाणमा बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरण समेत बरामद गरिएको छ।

पक्राउ गरिएका तीनै जनालाई थप अनुसाधानको लागि ड्रग्स तथा मदिरा नियन्त्रण कार्यलयको सम्बधित विभागमा पठाइएको जनाएको छ।

कुवेतमा मदिरा बिक्री वितरण अबैधानिक मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार