• होमपेज
  • समाचार
  • श्रीमती र छोराछोरी सामुन्ने गोली हानेर मृत्युदण्ड !

श्रीमती र छोराछोरी सामुन्ने गोली हानेर मृत्युदण्ड !

  • बुधबार, जेष्ठ १९, २०७८
श्रीमती र छोराछोरी सामुन्ने गोली हानेर मृत्युदण्ड !

उत्तर कोरियामा दक्षिण कोरियाली फिल्म र संगीतको अवैध बिक्री–वितरण गर्ने एक व्यक्तिलाई मृत्युदण्ड दिइएको छ।

वन्सान फार्मिङ म्यानेजमेन्ट कमिसनमा प्रमुख इन्जिनियरका रुपमा कार्यरत लि नाम गरेका व्यक्तिलाई समाजवाद विरोधी भन्दै मृत्युदण्ड दिइएको हो। उनलाई श्रीमती, छोरी र छोराकै अगाडि गोली हानिएको हो।

ती व्यक्तिबाट दक्षिण कोरियाली फिल्म र संगीतहरु लोड गरिएका डिभाईस बरामद गरिएको दक्षिण कोरियाबाट सञ्चालित डेली एनकेले जनाएको छ।

लिलाई अप्रिलको अन्त्यमा ५ सय व्यक्तिहरु साक्षी राखेर गोली हानेर मारिएको थियो।

चर्चामा

सम्बन्धित समाचार