• होमपेज
  • समाज
  • बडिमालिका मिडिया हाउसद्धारा जिल्ला प्रहरी कार्यालय बाजुरालाई स्वास्थ्य सामाग्री सहयोग

बडिमालिका मिडिया हाउसद्धारा जिल्ला प्रहरी कार्यालय बाजुरालाई स्वास्थ्य सामाग्री सहयोग

  • मङ्लबार, जेष्ठ १८, २०७८
बडिमालिका मिडिया हाउसद्धारा जिल्ला प्रहरी कार्यालय बाजुरालाई स्वास्थ्य सामाग्री सहयोग

जंग रावल — बडिमालिका मिडिया हाउसले जिल्ला प्रहरी कार्यालय बाजुरालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालयमा गएर बडिमालिका मिडिया हाउसको टिमले सो सामाग्री हस्तान्तरण गरिएको हो । दुई हजार पाच सय सर्जिकल माक्स र ५ लिटरका ४ ओटा सेनिटाईजर जिल्ला प्रहरी कार्यालय बाजुरालाई हस्तान्तरण गरिएको बडिमालिका मिडिया हाउसका प्रकाशक सम्पादक प्रकाश सिहंले बताएका छन ।

No description available.
अस्ट्रलियन नागरिक मार्गारीटा पारिस सेरानोको र धेरै पटक सगरमाथा चढेर कृतिमान कायम गरेको जेग्यु सेर्पाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयमा सेनिटाईजर र मास्क सहयोग गरिएको प्रकाशक सम्पादक सिहंले बताए । बडिमालिका खवरका सम्पादक तथा नेपाल पत्रकार महासघं बाजुराका बरिष्ठ उपाअध्यक्ष पदम सिहंले प्रहरी नायव उपरिक्षक मदन जीत महरालाई सो साम्रगी हस्तान्तरण गरेको बडिमालिका खवरकका कार्यकारी सम्पादक तथा ब्यबस्थापक लक्ष्मीराज पाध्यायले बताए ।
कोरोनाको महामारीका बेला बडिमालिका मिडिया हाउसले गरेको सहयोगले केही राहत मिल्ने प्रहरी प्रमुख मदनजीत महराले बताएका छन । जिल्लामा धेरै प्रहरीलाई सो सामाग्रीले राहत मिल्ने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार