• होमपेज
  • समाचार
  • नेवानिसहित चार वायुसेवालाई तीन गन्तब्यमा नियमित उडानको अनुमति

नेवानिसहित चार वायुसेवालाई तीन गन्तब्यमा नियमित उडानको अनुमति

  • मङ्लबार, जेष्ठ १८, २०७८
नेवानिसहित चार वायुसेवालाई तीन गन्तब्यमा नियमित उडानको अनुमति

नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीले चार अन्तर्राष्ट्रिय नियमित उडानको अनुमति पाएका छन् । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ ।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको हो । स्वीकृत तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् ।

अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबार हुनेछ ।

नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले हरेक सोमबार उडान गर्नेछन् ।

दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् । नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्नेछ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।

भारतमा एयर बबल स्किम अनुसार उडान भइरहेको छ । थप तीन मुलुकमा भने सरकारले एक साता अगाडी उडान खोल्ने निर्णय गरेको थियो ।

मलेसिया र खाडीमा नेपाली अलपत्र

सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणका कारण नियमित हवाई उडान रोकेको १ महिना नाघेको छ । यो बीचमा अत्यावश्यक कामका लागि आवतजावत गर्ने यात्रु समेत समस्यामा परेका छन् ।

नेपाल सरकारले खाडी र मलेसियामा प्राथमिकता नदिँदा समस्यामा परेको भन्दै दैनिक ठूलो संख्यामा गुनासो आउने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उडान अनुमति खुला गर्ने वा नगर्ने विषय प्राधिकरणको नभएको भन्दै समस्या पर्दा सम्बन्धित मुलुकको दूतावासमा सम्पर्क गर्न समेत प्राधिकरणले जनाएको छ ।

उता, यात्रुले भने कतार खुला भएसँगै अन्य मुलुकमा समेत सुरक्षा मापदण्ड पुरा गरी उडान खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेनन् ।

यस्तो छ नयाँ उडान तालिका

वायुसेवा    गन्तब्यउडान हुने बार  शुरु हुने दिन
टर्किस एयरलाइन्सइस्तानबुल-काठमाडौं-इस्तानबुलबिहीबार३ जुन
नेपाल एयरलाइन्सकाठमाडौं-दोहा-काठमाडौंसोमबार७ जुन
कतार एयरवेजदोहा-काठमाडौं-दोहासोमबार७ जुन
नेपाल एयरलाइन्सकाठमाडौं-नयाँ दिल्ली-काठमाडौंबुधबारएयर बबल स्कीम
एयर इण्डियानयाँ दिल्ली-काठमाडौं-नयाँ दिल्लीशुक्रबारएयर बबल स्कीम

चर्चामा

सम्बन्धित समाचार