बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • कोरोना आस्पतालको आइसोलेसनमा बसेर अध्यायन गर्दै १२ बर्षिया सुभाश

कोरोना आस्पतालको आइसोलेसनमा बसेर अध्यायन गर्दै १२ बर्षिया सुभाश

  • मङ्लबार, जेष्ठ १८, २०७८
कोरोना आस्पतालको आइसोलेसनमा बसेर अध्यायन गर्दै १२ बर्षिया सुभाश

बाजुरा — बुढिगंगा नगरपालिकाका १२ बर्षिया सुभाश बम २०७८ जेठ १२ गते देखी कोरोना पोजेटिभ भएका छन । उनि कोरोना पोजिटिभ भएर हाल किर्तिपुर नजिकको किर्तिपुर आयुबेर्दिक अस्पतालको आइसोलेसनमा बसिरहेका छन ।

उनि दुर्गम जिल्ला बाजुरा जिल्लाबाट पढाईको सिलसिलामा काठमाण्डौको किर्तिपुरको जनसेवा स्कुलमा कक्षा ७ मा अध्यानरत रहेको उनका आफन्त गणेश बमले बताए । उनी कोरोना संक्रमित भएर पनि आइसालेशनमा पढाई गरीरहेका छन । सुभाश सहित उनीसंगै उनका परिवारका ७ जना काेराेना संक्रमित भएर आइसोलेसनमा रहेका छन ।

उनको त्यो संक्रमणको चिन्ता भन्दा पनि पढाईमा उनको ध्यानले त्यहा चेकजाचका लागि आउने स्वास्थ्यकर्मी पनि अच्चम पर्ने गरेका छन । उनको पढाई प्रति आफ्नो बाबुको आर्थिक स्थिति नाजुक भएर हाल आफ्नै दाइले पढ्ने , खाने र बस्नको लागि सहयोग गर्दै आएका भएको भन्ने जानकारी भएको छ ।
यस्तो कोरोनाको लहरले उनलाई समाएर कोरोना पोजिटिभ भै अस्पतालको आइसोलेसनमा बसिरहेदा पनि उनमा जुन आफ्नो बिराम भन्दा पनि पढाई प्रति एकदमै ध्यान चिन्तित भएकोमा स्वास्थ्यकर्मीहरु अचम्म परेका छन ।

चर्चामा

सम्बन्धित समाचार