बाजुरा–काठमाडौ घर भइ हाल क्यानडा बस्दै गरेकि समाजसेवी रञ्जिता मैनालीले छोराको नाममा बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका छन् । उनले अक्सिजन ब्यबस्थापनका छोरा कृयान्स मैनालीको नाममा १० हजार नगद सहयोग गरेकी हुन् ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता परेको भन्दै बाजुरामा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सिजन किन्न अभियान संचालन गरे संगै रञ्जिताले पनि क्यानडा बाटा सहयोग गरेको बताएकी छन । यो संकटमा थोरै भएपनि आफुले सहयोग गरेको उनले वताइन् ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने गरि सो अभियान संचालन गरिएको अभियान्ता प्रकाश सिंहले बताए । बाजुरामा २५ वटा अक्सिजन सिलिन्डर खरिद गरेर अस्पतालमा सहयोग गरिएको छ ।