• होमपेज
  • बाजुरा बिशेष
  • एलबी कन्टकस्नका संचालक खड्काले अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

एलबी कन्टकस्नका संचालक खड्काले अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

  • सोमवार, जेष्ठ १७, २०७८
एलबी कन्टकस्नका संचालक खड्काले अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

बाजुरा — एलबी कन्ट्रक्सन एण्ड अर्डर सप्लार्यस बुढिनन्दा नगरपालिका वडा न ७ का संचालक लाल बहादुर खड्काले जिल्लामा अक्सीजन ब्यबस्थापनका लागि १० हजार रुपैया सहयोग गरेका छन ।
खड्काले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सिजन किन्न अभियान संचालन गरे संगै खड्काले पनि सहयोग गरेको अभियान्ता चक्र मल्लले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी कोल्टी सम्म लिदै गर्दा मार्तडी देखी कोल्टीसम्मको एक तर्फी गाडी भाडा स्वरुप १० हजार सहयोग गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार