• होमपेज
  • ब्रेक्इङ न्युज
  • १२ को परीक्षा तत्काल नहुने, एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

१२ को परीक्षा तत्काल नहुने, एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

  • आइतवार, जेष्ठ १६, २०७८
१२ को परीक्षा तत्काल नहुने, एसइई वैकल्पिक विधिबाट गर्न सिफारिस

कोरोना कहर संगै प्रवाभित भएको एसइई परिक्षा अव वैकल्पिक मूल्यांकन विधिबाट हुने भएको छ। बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए ।

यस्तै कक्षा–१२ को परीक्षा भने भौतिक उपस्थितिमै हुने भएको छ । बोर्डको शनिबार बैठकले उपयुक्त समयमा भौतिक रूपमा परीक्षा गर्ने निर्णय गरेको हो । कक्षा–१२ को तत्काल हुँदैन । परीक्षा साउन वा भदौ महिनामा उपयुक्त समयमा सञ्चालन गरिनेछ । यसका लागि पाठ्यक्रम संशोधन गरिने परीक्षा बोर्डले जनाएको छ।

कोरोना संक्रमणदर बढ्दै गएपछि बोर्डले गत वैशाख २७ गते एसइई र कक्षा–१२ को परीक्षा स्थगित गरेको थियो । यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको थियो । कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार