• होमपेज
  • समाचार
  • भोपुर सडकखण्ड बर्षामा हिलाम्ये, सुख्खामा धुलाम्ये

भोपुर सडकखण्ड बर्षामा हिलाम्ये, सुख्खामा धुलाम्ये

  • आइतवार, जेष्ठ १६, २०७८
भोपुर सडकखण्ड बर्षामा हिलाम्ये, सुख्खामा धुलाम्ये

अर्थ जङ्ग शाही/बझाङ्ग — सदरमुकाम का हिलाम्ये सडकले नागरिकलाई सास्ती दिएको छ । सदरमुकामको जिप्रका अगाडिको सडक, भोपुर जाने सडक, र चैन्पुर बजार झर्ने मेन रोड पूरै हिलाम्ये हुँदा नागरिकले सास्ती भोगिरहेका छन्। करिब दुई बर्ष अगाडि देखि नै सो बाटोमा जताततै पानीका खाल्डा भरिभराउ रहेका छन्। यातायातका
साधन मोटरसाइकल, अटो, तथा दैनिक ओहोरदोहोर गर्ने ब्यक्तिहरुलाई निकै सास्ती भोग्नु परेको भोपुरका बासिन्दा सैलेन्द्र हमाल ले बताउनु भएको छ।

सडक निर्माणको काम ढिलासुस्ती हुँदा भोपुरबासी हिलाम्ये रोडमा हिड्न बाध्य भएका छन्। यस्तै काममा ढिलासुस्ती हो भने, जयपुथ्वी राजमार्गमा दुघर्टनाको जोखिम बढ्ने स्थानियहरुको भनाई रहेको छ।

भोपुर सडकखण्डको स्तर उन्नति नहुँदा हिलाम्ये र धुलाम्ये बन्दै गएको बाटोमा सत्यवादीका बिद्याथीहरुको जनजीवन प्रभावीत हुदै गएको सो बिद्यालयका शिक्षक मोहन राज उपाध्याय ले बताए।

ठेकेदारहरुले डोजर प्रयोग गरेर निकालिएको माटोलाई व्यवस्थापन गर्न नसक्दा रोड हिलाम्ये बनेको छ । यसमा नगरपालिकाले कुनै पनि ध्यान नदिएको स्थानियबासी रोकायाले बताएका छन्। सधैँ नगरपालिकाका सरकारी गाडी यो हिलाम्ये सडकमा गुटेपनि, नगरले कुनै पनि यस बिषयमा ध्यान नदिएको स्थानिय चैन्पुरबाँसीको गुनासो रहेको छ।

स्थानीय बिमल खड्काले भने, “सके बनाउ नसके नबिगारौंको नीति ल्याउ ।सदरमुकाम नजिकै सडक हिलाम्ये हुँदा भोपरदेखि सदरमुकाम हिँडेर आउने सयौं नागरिकले दैनिक सास्ती भोगिरहेका छन् । वृद्धवृद्धा तथा बालबालिकालाई आउन जान मा निकै सास्ती हुने गरेको छ।

चर्चामा

सम्बन्धित समाचार