बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकामा कोभिड १९ अस्थायी अस्पताल संचालनमा

त्रिबेणी नगरपालिकामा कोभिड १९ अस्थायी अस्पताल संचालनमा

  • आइतवार, जेष्ठ १६, २०७८
त्रिबेणी नगरपालिकामा कोभिड १९ अस्थायी अस्पताल संचालनमा

बाजुरा — त्रिबेणी नगरपालिकाले कोभिड १९ अस्थायी अस्पताल संचालनमा ल्याएको छ । नगरपालिकाको केन्द्रमा ९ बेडको अस्थाई कोरोना अस्पताल संचालनमा ल्याएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत्त चिरन्जीबी शाहले जानकारी दिएका छन् ।
दोस्रो भेरिएन्ट सहितको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले प्रत्येक स्थानिय तहमा अस्थायी कोरोना अस्पताल निर्माणको लागि बिशेष अनुुदान उपलब्ध गराए पछि त्रिबेणी नगरपालिकाले पनि अस्थाई कोरोना अस्पताला संचालनमा ल्याएको शाहले बताए ।
अस्पताल एक कार्यक्रमका बिच नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले उद्घाटन गरेका छन् । अस्पतलामा एक जना डक्टर, दुुई जना स्टाप नर्स सहित ल्याब सहितको ब्यबस्था सहित संचालनमा आएको छ । एक्सरे सेवाको लागि पहल भईरहेको उनले बताए ।
आज औपचारिक रुपमा उद्घाटन गरिएकएको छ । अन्य केही स्वास्थ्य सामग्रीहरुको ब्यबस्था गर्न बिभिन्न निकायसंग समन्वय गरिरहेका प्रमुख प्रशासकीय अधिकृत्त चिरन्जीबी शाहले बताए । अक्सिजन ब्यबस्थापनको लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय लगाएत अन्य सघ संस्थाहरुसंग समन्वय गरिरहेका छु । नगरपालिकाले पनि अक्सिजन खरिदको लागि प्रकृया अगाडी बढाई रहेको शाहले बताए ।
डक्टर सहितको नगरपालिकामै अस्थायी कोभिड १९ अस्पताल संचालनमा आएपछि नगरबासी खुशी भएका छन । नगरपालिमामा अस्पताल नहुदा सामन्य उपचारको लागि जिल्ला सदरमुकाम तथा जिल्ला बाहीर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने भएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार