• होमपेज
  • बाजुरा बिशेष
  • निषेधाज्ञा उल्घन गर्ने तीन जीप र एक मोटरसाईकललाई जरिवारना

निषेधाज्ञा उल्घन गर्ने तीन जीप र एक मोटरसाईकललाई जरिवारना

  • शनिबार, जेष्ठ १५, २०७८
निषेधाज्ञा उल्घन गर्ने तीन जीप र एक मोटरसाईकललाई जरिवारना

बाज– जिल्ला प्रहरी कार्यालय बाजुराले निषेधाज्ञा उल्घन गर्ने तीन जना जीप ब्यबसायि र एक जना मोटर साईकल चालकलाई जरिजाना गराएको छ ।
दोस्रो भेरिएन्ट सहिततको कोराना भाईरस माहामारी संक्रमण कोकथाम तथा नियन्त्रणको लागि बाजुरा जिल्लामा बैशाख २२ गते देखि निशेधाज्ञा गरिएको छ । उक्त निषेधाज्ञा उल्घन गर्दै सुक्र्रबार जीप चलाएर यात्रुओसार पसार गर्ने से १ ज ५०६ नम्बरको बोलेरो, सुप प्र ०१००१ ज ११८० नम्बरको जीप, र कर्णाली प्र ००३० नम्बरको जीप ब्यबसायिहरुलाई रु ५ हजारका दरले १५ हजार र से ४ प ९६०६ नम्बरको मोटरसाइकल चालकलाई २ हजार जरिवाना गरिएको जिल्ल प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनदेब साउदले जानकारी दिएको छ ।
जरिवाना गरिएका तीन ओटा जीप एक बार्जुगाड प्रहरी चौकी, एक जुड्डी प्रहरी चौकी र एक मार्तडी ट्राफिकले जरिवाना गरिएको साउदले बताए ।

चर्चामा

सम्बन्धित समाचार