शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले

बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले

  • शनिबार, जेष्ठ १५, २०७८
बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले

बेहुलो बेपत्ता भएपछि जन्ती आएको केटासँग बिहे गरिन् बेहुलीले छिमेकी मुलुक भारतमा एउटा अनौठो घटना भएको छ । बिहे समारोहबाटै बेहुला बेपत्ता भएपछि अप्ठेरोमा परेकी बेहुलीले जन्ती आएको एकजना युवकसँगै बिहे गरेकी छिन् ।

घटना भारतको उत्तरप्रदेशस्थित महाराजपुरमा भएको हो । समाचार अनुसार उक्त बिहे समारोहमा स्वयंवरको कार्यक्रम सम्पन्न भैसकेर बिहेको बाँकी अनुष्ठान सुरु गर्ने तयारी भैरहेको थियो । तर एक्कासी बेहुला चाहीँ बिहेस्थलबाट बेपत्ता भए ।

बेहुला र बेहुली दुबै तर्फका परिवारजनले बेपत्ता बेहुलाको खोजी गरे । तर फेला पार्न सकेनन् । बेहुला के कारणले त्यहाँबाट भाग्यो भन्ने थाहा भएन । तर उनी बिहे नगर्ने सोँचले त्यहाँबाट भागेको ठहर गरियो । बिहेको मण्डपबाटै बेहुला भागेपछि बेहुली विचलित भइन् । दुबैतर्फका परिवारहरु के गर्ने ? के नगर्ने ? भन्ने अवस्थामा पुगे ।

त्यसपछि त्यहाँ उपस्थित जन्ती तथा बेहुली पक्षकाले समेत जन्ती आएकामध्ये उपयुक्त युवकसँग ती बेहुलीको बिहे गरिदिने निधो गरे । त्यसपछि जन्ती आएकामध्ये बिहेका लागि इच्छुक तथा उपयुक्त युवकको खोजी गरियो अनि दुबैतर्फका अभिभावकले छलफल गरे अनि बिहे गराइयो ।

जन्ती आएको केटासँग छोरीको बिहे गराएसँगै बेहुलीका बुवाले भगौडा बेहुला र उसको परिवार विरुद्ध कारवाहीका लागि पुलिसमा मुद्दा हालेका छन् । भगौडा बेहुलाका बुवाले पनि आफ्नो छोरा खोजीपाउँ भनी पुलिसमा निवेदन दिएका छन् ।

एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार