अर्थ जङ्ग शाही/ बझाङ्ग — अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि जयपृथ्वी नगरपालिका १ कैलासका श्याम बहादुर नेपालीले आर्थिक सहयोग गरेका छन्। हाल जयपुथ्वी नगरपालिका १० चैन्पुरमा बसोबास गर्दै आएका श्याम बहादुर नेपालीले ५ हजार सहयोग गरेका हुन्।
अक्सिजन को अभावको कारण बझाङ जिल्लामा कसैको पनि अकालमा मृत्यु नहोस भन्ने उदेश्यले यो अभियान सञ्चालन गरीएको छ । जिल्ला अस्पताल बझाङमा अक्सिजन कन्सन्ट्रेटर र अन्य स्वास्थ सामाग्री को अभाबले कसैकोे अकाल मै ज्यान नजाओस भनेर हाम्रो बझाङ बचाउ अभियान लाई ५ हजार सहयोग गरेको नेपालीले बताए। उनले यो अभियानमा सबैले हातेमालो गरी सहयोग गर्न अनुरोध समेत गरेका छन ।