शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • समाज
  • महामारीमा ब्यापारीको लुट, एक कार्टुन अण्डाको मूल्य मात्र चार हजार दुई सय रुपैयाँ

महामारीमा ब्यापारीको लुट, एक कार्टुन अण्डाको मूल्य मात्र चार हजार दुई सय रुपैयाँ

  • शुक्रबार, जेष्ठ १४, २०७८
महामारीमा ब्यापारीको लुट, एक कार्टुन अण्डाको मूल्य मात्र चार हजार दुई सय रुपैयाँ

अर्थ जङ्ग शाही/बझाङ्ग — कोरोना महामारीका बीच दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । राजनीतिक अस्थिरता र निषेधाज्ञाको मौका छोप्दै उद्योगी, व्यापारी, र बिचौलियाहरूले चामल, तेल, दाल, गेडागुडी, चिनी र अण्डा लगायत खाद्य वस्तुको मूल्य वृद्धि गरेका हुन् ।

निषेधाज्ञाका कारण महामारीसँग लड्दै गरेका उपभोक्ताहरूको आम्दानी समेत घटेको अवस्थामा अनेक बहानामा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने काम व्यापारीहरूबाट भइरहेको छ ।

खुद्रा व्यापार संघले दिएको जानकारी अनुसार निषेधाज्ञा शुरू हुनुभन्दा अघि प्रतिकिलो १ सय १० रुपैयाँ मूल्य रहेको मुसुरको दालको मूल्य यति बेला प्रतिकिलो १ सय २२ रुपैयाँ पुगेको छ ।

मासको दाल १ सय ६५ बाट १ सय ७५ रुपैयाँ पुगेको छ। त्यसैगरी, हरेक ब्रान्डको चामलमा प्रतिबोरा २ सय रुपैयाँ देखि ३ सय रुपैयाँसम्म मूल्य बढाइएको संघले बताएको छ ।

निषेघाज्ञा सुरु हुनुभन्दा अघिल्लो दिनसम्म २ हजार एक सय रुपैयाँ कार्टुन पर्ने अण्डाको अहिले सदरमुकाम चैन्पुरमा ४ हजार दुई सय रुपैँया पुर्याएका छन्। यसरी दिनानुदिन सामानको मूल्यबूर्दि हुने हो भने मान्छे रोगले भन्दा पनि भोकले मर्ने स्थानिय खड्काले बताएका छन्।

यतिबेला मूल्य बढाउनुपर्ने त्यस्तो खास कारण केही नभए पनि केही सीमित व्यापारी र बिचौलियाहरूले राजनीतिक तरलता र निषेधाज्ञाको बहानामा मूल्य बढाएको हुनसक्ने नागरिक समाजका अध्यक्ष धर्म जङ्ग बहादुर सिहले बताए ।

‘यो समस्या न सरकारलाई हेर्ने फुर्सद छ न त उधोग बाणिज्य संघलाई यससम्बन्धी कुनै चासो छ,’ उनले भने ‘यही मौकामा थोक व्यापारीहरूले खुद्रा व्यापारीलाई सही मूल्यको बीलबीजक नदिने समस्या पनि उत्तिकै बढेको छ ।’

चर्चामा

सम्बन्धित समाचार