• होमपेज
  • ब्रेक्इङ न्युज
  • २४ घण्टे अल्टिमेटमसहित सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई स्पष्टिकरण

२४ घण्टे अल्टिमेटमसहित सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई स्पष्टिकरण

  • बिहिबार, जेष्ठ १३, २०७८
२४ घण्टे अल्टिमेटमसहित सुदूरपश्चिम संसदीय दलका नेता शाहलाई स्पष्टिकरण

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारका ३ मन्त्रीलाई २४ घण्टे अल्टिेमेटम दिदै स्पष्टिकरण सोधेको छ।

पार्टीको स्थायी कमिटीको निर्णयको अवज्ञा गरेको आरोप लगाउँदै प्रदेश कमिटीले स्पष्टिकरण सोधेको हो। बिहीबार प्रदेश कमिटी अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र सिंह रावलले स्पष्टीकरण सोधेका हुन्।

माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई स्पष्टीकरण सोधिएको हो।

मन्त्री शाहलाई सोधिएको पत्रमा भनिएको छ, “पार्टी एकतालाई विखण्डित गर्ने, पार्टी फुटाउने र पार्टी भित्रको सहकार्य र सद्भावलाई क्षत–विक्षत पार्ने गरी अवैधानिक गुटका भेलाहरुमा स्वयम सहाभागी हुने र अरुलाई सहभागी हुन उत्प्रेरित गर्ने कार्यलाई निरन्तरता दिने गरेको देखिन आएको छ।”

त्यस्तै, अगाडि थप उल्लेख छ, “तपाईले सुदूरपश्चिम सरकारको मन्त्री मण्डलमा बसेर आफ्नो पदीय गरिमाको चरम दुरुपयोग गर्दै उल्टै मन्त्रालयलाई पार्टी विरोधीहरुको अखडाको रुपमा प्रयोग गर्दै आउनु भएको र सभासदहरुलगायत स्थानीय पार्टी नेतृत्वलाई पार्टी विरुद्ध उक्साउने र भड्काउने कार्य गर्नभएको आरोप छ।”

२४ भण्टाभित्र लिखित स्पष्टिकरण प्रदेश कमिटी अध्यक्ष समक्ष पेश नगरे विधान अनुसार कारवाही गरिने चेतावनी समेत दिइएको छ।

चर्चामा

सम्बन्धित समाचार