बाजुरा–समाजसेवी तथा ब्यापारि धिरचन्द्र गिरीले बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका छन् । उनले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार ५ सय ५५ नगद सहयोग गरेका हुन् ।
बुढिगंगा ६ घर भएका गिरीको बाम्का बजारमा न्यु गिरी हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक समेत हुन् । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता परेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सिजन किन्न अभियान संचालन गरे संगै गिरीले पनि सहयोग गरेको बताएका छन । यो संकटमा थोरै भएपनि आफुले सहयोग गरेको उनले वताए ।
गिरी ब्यापार व्यबसाय सँगै सामाजिक सेवामा समेत लामो समय देखी लागिरहेका छन् । समस्या परेको बेला सहयोग गरिरहेकी छन् । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने गरि सो अभियान संचालन गरिएको अभियान्ता चक्र मल्लले बताए ।