• होमपेज
  • समाज
  • समाजसेवी थापाले अक्सिजन ब्यबस्थापनाका लागि अमेरिका बाट सहयोग गरिन्

समाजसेवी थापाले अक्सिजन ब्यबस्थापनाका लागि अमेरिका बाट सहयोग गरिन्

  • बुधबार, जेष्ठ १२, २०७८
समाजसेवी थापाले अक्सिजन ब्यबस्थापनाका लागि अमेरिका बाट सहयोग गरिन्

बाजुरा–समाजसेवी मनोहरा थापा बोगटिले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेकी छन् । उनले अक्सिजन सिलिन्डर ब्यबस्थापनका लागि १७ हजार ४ सय ४५ नगद सहयोग गरेका हुन् ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता परेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सिजन किन्न अभियान संचालन गरे संगै मनोहराले पनि सहयोग गरेको बताएका छन । यो संकटमा थोरै भएपनि आफुले सहयोग गरेको उनले वताए । नेपाल आउदा बाजुरा आएको बाजुराका समस्या अभाब र पिडा बारे राम्रो सँग जानकार रहेकोले थोरै भएपनि सहयोग गरेको उनले वताईन् ।
थापा २० बर्ष देखी अमेरिका बस्दै आएकि छन्, उनले नेपालमा रहेका दुखि पिडितलाई सहयोग सँगै सहयोग अभियान चलाएर सहयोग गर्दे आएकि छन् । समस्या परेको बेला सहयोग गरिरहेकी छन् । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने गरि सो अभियान संचालन गरिएको अभियान्ता चक्र मल्लले बताए ।

चर्चामा

सम्बन्धित समाचार