• होमपेज
  • समाचार
  • आफन्तको मलामी गएका एक किशोरको नदीमा डुबेर मृत्यु

आफन्तको मलामी गएका एक किशोरको नदीमा डुबेर मृत्यु

  • बुधबार, जेष्ठ १२, २०७८
आफन्तको मलामी गएका एक किशोरको नदीमा डुबेर मृत्यु

बैतडीमा नदिमा नुहाउने क्रममा एक किशोरको मृत्यु भएको छ।

जिल्लाको शिवनाथ गाउँपालिका वडा नम्बर १ सर्मालीस्थित पुण्लगाउँ बस्ने १७ वर्षीय महेश साउंदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ। मंगलबार बिहान साढे ११ बजेको समयमा आफन्तको मलामी गएका उनी माहाकाली नदिको डम्मर घाटमा नुहाउने क्रममा वेपत्ता भएका थिए।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी गर्दा उनी साढे ४ बजे मृत अवस्थामा भेटीएको प्रहरीले जनाएको छ। उनको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार