बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • राष्ट्रघाति कदम

राष्ट्रघाति कदम

  • मङ्लबार, जेष्ठ ११, २०७८
राष्ट्रघाति कदम
     सुरेशकुमार पान्डे

हो अहिले सम्मानिय राष्ट्रपति र प्रधान मन्त्रीले गरेको काम यस्तैहो।अब उनिहरुले लगातार गल्लि गर्दै आएकाछन पुषको ५गते संसदको बिघटन गरेर गैर सम्बैधानिक र अलोकतान्त्रिक कामले गर्दा उन्कै परिवार भित्र बाट पनि आलोचना भयो।

उन्ले त्यो बेला आफ्नै दम मा संसद बिघटन गरेका थिएनन बरु भारतको ईसारामा गरेका हुँन।उन्लाई एम सीसी पास गराउँन र आफैले पासगरेको निशानछाप चुच्चे नक्सालाई फेल गराउँन संसदमा बहुमतको आबस्याकता पर्दथ्यो त्यो उनि सँग थिएन।उन्ले एमसीसीलाई आफ्नै पार्टीभित्रको बिरोध र जन आक्रोशले गर्दा एमसीसी लाई पारित गराउँन सकेनन् अनि आफैले गरेको निर्णय लाई बदर गर्न पनि कसैले सपोर्ट गर्दैन भन्ने जानेपछि उन्ले भारतिय ‘रअ’प्रमुख सामन्तकुमार गोयल सँगको छलफल पछि भारतको ईसारामा संसदलाई बिघटन गरे।उन्लाई त्यो बेला छिमेकीले मध्याब्दि निर्वाचनमा बहुमत दिलाउँने लोलिपोप दिएको हुँनुपर्छ।किन भने ओलि भारतको बिस्वाशपात्र मध्यका हुँन त्यो कुरा बुझ्नलाई टनकपुरको शम्झौता काफिछ।अहिले सदनमा ओलि पक्षको बहुमत भयकोले छिमेकीले ओलिलाई नै उपयोग गर्ने प्रयास गरेकोहो।कसैलाई भ्रम हुनसक्छ कालापानी,लिपुलेख र लिम्पियाधुरामा अतिक्रमणभएको भूभाग लाई फर्काउँनमा ओलिको भुमिकाछ त्यो गलतहो।त्यो बेला जनता बाट त्यसको ब्यापक बिरोध भयपछि अन्य राजनीतिक पार्टीहरु समेतले भारतिय नक्साको बिरोध गर्धा सम्म ओलिले आफुलाई जानकारी नभयको भन्दै तर्किदै थिए।जब सडक र सदनमा ब्यापक बिरोध भयो उन्ले आफ्नो कुर्सी बचाउँनको लागि अनाप सनापमा नेपालको नक्सा बनाएर सदनले एकमतले पारित गय्रो।त्यसको बिरोध गर्ने एउटी महिलालाई कार्वाही समेत गरियो यसबाट ओलिले छिमेकलाई सदन भित्र भारतिय पक्षका कुनैपनि नभयको देखाउँन सफल पनि भए।अब ओलि लाईनै भारतियले फकाउँने सेवाए आर्को चारा थिएन।पछि मोदीको फोन सम्प्रक भयपछि उन्ले त्यो नकस्लालाई पाठ्यपुस्तकमा समाबेश गर्न रोकलगाएका थिए,यो कुरा कसैबाट लुकेको छैन।
अब ओलिलाई त्यो गलति सच्चाएर फेरी भारतको बिस्वावाश हाशिल गर्नको लागि नयाँ सिराबाट काम गर्नु पर्थ्यो उन्ले त्यहि बाटो छोपेका हुँन।संसदलाई बिघटन गरेर मध्याब्दि चुनाउबाट पुनःबहुमतको सरकार बनाएर एक्लौटो दलालि गर्ने र ठुल्दाई लाई खुसिपार्ने योजना ओलिको थियो त्यसमा सर्वोच्चले तुसारापात बनाईदिओ।सर्वोच्चले ११गतेको फैसलामा संसदलाई पुनर्वहालि गरेर एक मैना भित्रमा बिस्वासको मत हासिल गर्नु पर्ने थियो।ओलिलाई बिस्वासको मत मिल्दैन भन्ने थाहा भएपछि उन्ले आर्को पटक चलाखि गरे।
बिपक्षहरुले दाबा पेसगर्नु भन्दा पहिलै आफु सँग१५३प्रतिनिधि छन भनेर राष्ट्रपतिलाई भने राष्ट्रपतिले नपताउँने कुरैभयन किनकी ओलि भन्दा बिस्वासको पात्र राष्ट्रपति लाई अरु हुन सक्दैनन्थ्यो।उनिहरु दुबैजनाको सल्हापछि ओलिले बिहान फेरी बिपक्षले कुनै पाईलो चाल्छन त्यो भन्दा पहिले संसदलाई रात्रि१२:५०बजे बीघटन गर्ने प्रस्ताब गरे उन्ले त्यसमा मोहोर लगाईन।यो त्यहि पुषको ५गतेको निर्नतरता हो।ओलिले त्यो बेला सर्वोच्च समेतलाई वार्गेनिङ्ग गर्ने प्रयात्नमा ठुलाठुला सभाहरु गरेर देखाएका पनि थिए।
गैर सम्बैधानिक,अलोकतान्त्रिक र तानासाही प्रकारको श्रृखंलाको आर्को कडी को रुपमा जेष्ठको ८गते हो।
अब उन्लाई जसरि तसरी छिमेकीको बिस्वास हासिलगर्नुछ त्सैले अहिले जेष्ठ ९गते२०७८मा बिध्यादेवी भण्डारी द्वारा नागरिकता सम्बन्धी अध्यादेश जारि गरेकीछन।मन्त्री परिषदको सिफारीशमा नेपाली नागरिकता(पहिलो शंसोधन)अध्यादेश२०७८जारीगरेकीहुँन।जनम सिद्ध नागरिकका शन्तानलाई बशंजका आधारमा नागरिकता दिन मिल्ने ब्यबस्थाछ।यस अघि जन्मको आधारमा नागरिकता पाएका ब्याक्तिको शन्तानले बंशजको नागरिकता नपाउँने ब्यबस्था थियो।मदेश केन्द्रित दलहरुको मागनुसार प्रधान मन्त्री केपी शर्मा ओलिले नागरिकता सम्बन्धी अध्यादेश मन्त्री परिषद बाट पारित गराएका थिए।नेपालको अन्तरिम शम्बिधान२०६२मा जनम सिद्ध नागरिकता शन्तानले बंशजको आधारमा नागरिकता पाउँने ब्यबस्था थियो।तर पछि ब्यापक जनबिरोधका कारण सम्बिधान निर्माण गर्दा उक्त ब्यबस्था हटाएकोहो।मधेशवादी दलहरुले नागरिकताको ब्यबस्थाको प्राबधान प्रति बिरोधगर्दै आएकाथिए।यो नागरिकताको बिरुद्धामा केपी शर्मा ओलि समेत अग्रिम पंक्तिमा थिए।बिगत बर्ष देखि ओलिलाई देशको भन्दा सत्ताको चिन्ता बढि भयकोले उन्ले सक्यासम्म भारतको पक्षमा काम गर्दै आएकाछन।यो नव लेण्डुवबादी चिन्तनहो भनेर भन्न सकिन्छ।तर यो ब्यबहारले देशलाई मान्त्रै होईन स्वायम ओलिको राजनीतिक भबिश्य समेतलाई ठुलो नोक्सान हुनेछ।जस्तो सिक्किमलाई र पछि स्वायम लेण्डुपलाई पनि भयो।
एउटा स्वतन्त्र राष्ट्र सिक्किमलाई काजी लेण्डुप दोर्जेले सन१९४५मा प्रजामण्डल पार्टी खोलेका र राजनीतिमा आएका सन१९५३मा सिक्किम स्टेट काग्रेसमा मिसिएर त्यसको अध्यक्षभए पछि भारतको नयाँ दिल्लिमा आएर तत्कालिन प्रधान मन्त्री जवाहरलाल नेरु सँग भेट गरे पछि आफ्नो नीतिमा परिवर्तन गर्दै आफुलाई शिक्षा र सरण दिएका राजतन्त्रको बिरुद्ध अभियान सुरुगरेका थिए।आखिरमा उन्ले सन१९६०मा लेण्डुबको पार्टीले १८मध्य आठ सिट जित्यो पछि सन१९७३को आम निर्वाचनमा धान्दलि गराएर३२सिट मध्य३१मा विजय हासिल गरेपछि सिक्किमलाई भारतमा बिलय गराए।च्वगेल त्यो बेला सिक्किमका नाममात्रका राजा थिए।त्यो सबै भारतिय कुटनैतिकको परिणामनै थियो।
तर देशको प्रधान मन्त्री भएका लेण्डुव भारतिय प्रान्तका मुख्य मन्त्री बने।पछि उन्लाई हाम्रो देशको राज महिन्दरले के आई सिहँलाई गराएको जस्तै जनताबाट नङ्गाएर हरायो।सिक्किमका जनताले दलाल र गद्धार भन्नथालेपछि उस्ले सिक्किम छाडेर पश्मि बंगालमा गए।सरकारले उन्लाई एउटा पुरानो टुटेफुटेको घर दिएर बसाले अन्तिममा १०२बर्षको आयुमा सन२००७मा त्यँहि निधन भयो भन्निन्छ।मनमोहन सिहँले उनको भारतभक्तको रुपमा तारिफ गरेर उन्लाई भारत रत्तन दिएको थियो भन्निन्छ।गद्धारहरुको अन्तिम अबस्था भयनक हुन्छ। लेण्डुवलाई आफ्नो जनम भुमिमा बस्न खान पाईन त्यो मात्रै होईन उस्को श्रीमतिले पनि उस्लाई छाडेर भागेकी थिईन।
जुनसुकै दलालको पनि अन्तिममा हार्ष यस्तै हुन्छ।अहिले हाम्रो देशलाई फिजिको बाटो सिक्किम पुराउँने ठुलो शड्यन्त्र हुँदैछ।जो भर्खरको नागरिकता बिध्याकले प्रष्टपारेकोछ।
हाम्रो देशमा संघियता ल्याईयो बिगतमा नागरिकता कै बदौलत ३५हजार भन्दा बढि बिदेशिहरुले नागरिकता पाएका थिए।देशलाई कयौँ बर्ष देखि साम्राज्यावादले घेरेको अबस्थाछ।
हाम्रो देशलाई बिदेशीहरुले भरेर संसद सम्म पुराएर सिक्किमलाई जस्तै बिलय गराउँने रणनीति लाई यसबाट फाईदा पुग्ने प्रष्टछ।अहिलेको देशको भयभाब अबस्थामा यसरी देशलाई फिजिबनाउँन लागेका यि प्रधान मन्त्री र राष्ट्रपतिलाई जनताले समय छँदै नङ्गाउँनेछ।

चर्चामा

सम्बन्धित समाचार