• होमपेज
  • समाज
  • खानेपानी कार्यालय कैलालीका लेखापाल शाहद्धारा अक्सिजन जोहो गर्न ५ हजार सहयोग

खानेपानी कार्यालय कैलालीका लेखापाल शाहद्धारा अक्सिजन जोहो गर्न ५ हजार सहयोग

  • सोमवार, जेष्ठ १०, २०७८
खानेपानी कार्यालय कैलालीका लेखापाल शाहद्धारा अक्सिजन जोहो गर्न ५ हजार सहयोग

बाजुरा — जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय कैलालीका लेखापाल तथा बुढिगंगा नगरपालिका निबासी रमेश शाहले अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि लागि ५ हजार ५ सय ५५ रुपैया सहयोग गरेका छन ।
यो बिषम परिस्थीतीमा सानो सहयोगले पनि कसैको जिवनमा उपकार हुन्छ भने किन सहयोग नगर्ने भन्दै लेखापाल शाहले अक्सिजन ब्यबस्थापनमा थोरै भए पनि सहयोग गरेकोे बताएका छन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सहयोग गरेको शाहले बताए ।
सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै लेखापाल शाहले सहयोग गरेको सामाजिक अभियान्ता सुरेन्द्र नाथले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने अर्का अभियान्ता चक्र मल्लले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार