बुधबार, मंसिर १२, २०८१
  • होमपेज
  • राजनीति
  • जनमत द्वारा अध्यादेशको स्वागत तर सचेत रहन आग्रह

जनमत द्वारा अध्यादेशको स्वागत तर सचेत रहन आग्रह

  • सोमवार, जेष्ठ १०, २०७८
जनमत द्वारा अध्यादेशको स्वागत तर सचेत रहन आग्रह

रौतहट — जनमत पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रकाशन प्रशारण विभाग प्रमुख ललित मल्लिक सानुले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जारी नेपालको नागरिकता अध्यादेशलाई स्वागत गरेका छन् ।

नेता मल्लिकले नागरिकता अध्यादेश मन्त्री पदका लागि भर्याङ्ग मात्र नबनोस् भन्ने सचेत पनि गराएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘चाहे जुनसुकै परिस्थिति वा स्वार्थले होस् नागरिकता सम्बन्धि केही समस्या समाधानका लागि नागरिकता सम्बन्धि अध्यादेश जारी हुनुलाई स्वागत गरिनैपर्छ र त्यो अर्थमा मधेशी भएको नाताले पनि स्वागत गर्दछु ।’

संसद जीवित रहदासम्म जुन सरकारले नागरिकता कानून बनाउन कुनै तदारुकता देखाएन त्यसले संसद विघटनपश्चात नागरिकता समस्या समाधान गर्ने हेतुले अध्यादेश जारी गर्यो भंन्नेमा प्रशस्त शंका रहेको उनले उल्लेख गरेका छन् ।

‘तर पनि अध्यादेशको तुरुन्त र प्रभावकारी कार्यन्वयन होस् र नागरिकता नपाएकाहरुले बिना झन्झट नागरिकता पाउन भन्ने शुभकामना ।’ उनले भनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार