बाजुरा — जिल्लाको बडिमालिका नगरपालिका वडा नम्मर १ सल्लेनामा सोलार लिप्टबाट खानेपानी संचालनमा ल्याएको छ । सो ठाउँमा खानेपानी मुहान नहुदा सोलार लिप्टबाट पानी ल्याएर १ सय ६२ परिवारले लामो समयपछि खानेपानी सुलभ रुपमा उभभोग गर्न पाएका छन ।
सल्लेना बस्तीमा वडिमालिका नगरपालिका र ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजनाको आर्थिक सहयोगमा सल्लेना सोलार लिफ्ट खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरि स्थानीयलाई हस्तान्तरण गरिएको ग्रामिण जलश्रोत ब्यबस्थापन परियोजनाका सब ईन्जीनियर तथा प्राबधिकि सहजकर्ता तेज बहादुर बोहराले बताएका छन । सो ठाउँमा ९१ लाख २० हजार ९५ रुपैयामा सोलार लिप्ट खानेपानी संचालनमा ल्याएको परियोजनाले बताएका छ ।
खानेपानी सम्पन्न भई सार्बजनिक परिक्षण गर्ने काम समेत सम्पन्न गरिएको परियोजनाले बताएको छ । सो अनुगमन तथा सार्बजनिक परिक्षण कार्यक्रमको अध्यक्षता सल्लेना खानेपानी योजनाको अध्यक्ष गोपाल कार्कीले गरेका थिए भने प्रमुख अतिथि बडिमालिका नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम बहादुर कार्की रहेका खानेपानी योजनाका अध्यक्ष गोपाल कार्कीले बताएका छन ।
परियोजनाको तर्फबाट विशिष्ट अतिथिमा प्राबिधिक सहयोग एकाइ बाजुराका जलस्रोत सल्लाहकार पदमसिंह बिष्टले रहेका थिए । परियोजनाको तर्फबाट अतिथि प्राबिधिक सहजकर्ता तेज बहादुर बोहरा समेत स्थानीय उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।