• होमपेज
  • समाचार
  • आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

  • आइतवार, जेष्ठ ९, २०७८
आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । भने, आज बिहान देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका थोरै भूभागमा आंशिक बदली भइरहेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमानमा उल्लेख छ ।

भने, प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार