• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा थप एक जना काेराेना संक्रमितको मृत्यु, मृतकको सख्या ६ पुग्यो

बाजुरामा थप एक जना काेराेना संक्रमितको मृत्यु, मृतकको सख्या ६ पुग्यो

  • शनिबार, जेष्ठ ८, २०७८
बाजुरामा थप एक जना काेराेना संक्रमितको मृत्यु, मृतकको सख्या ६ पुग्यो

बाजुरा — बाजुरा जिल्लामा आज थप एक जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिकाकी ८० बर्षिया महिला रहेकी छन ।
उनी लामो समय देखी दमको बिरामी भएकी र जगन्नाथ गाउँपालिकाको कोभिड अस्पतालमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । यो संगै बाजुरामा कोरोनाका कारण मृत्यु हुनेको सख्या ६ पुगेको छ ।
बाजुरा प्रत्येक ३ दिनमा एक जना कोरोना संक्रमण पछि मृत्यु हुने गरेको पाईएको छ । हालसम्म बृद्ध बृद्धा र दिर्घरोगीहरु नै रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार