शनिबार, कार्तिक ३, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • बझाङको कैलाशबस्तीमा विद्युत पोल र लाइन जडान भयपनि बिजुली बलेन

बझाङको कैलाशबस्तीमा विद्युत पोल र लाइन जडान भयपनि बिजुली बलेन

  • शनिबार, जेष्ठ ८, २०७८
बझाङको कैलाशबस्तीमा विद्युत पोल र लाइन जडान भयपनि बिजुली बलेन

रमेश बहादुर सिंह/ बझाङ — बझाङको जयपृथ्वी नगरपालिका – १ को कैलाश बस्तीमा विद्युत पोल र लाइन जडान भयको १ बर्षमा पनि बिजुली बलेको छैन । पोलमा विद्युतका तार तानदापनि करिब ३ सय ५० घरधुरी रहेको तत्कालिन कैलाश गाबिसका जनताले बिजुुली बाल्नबाट बन्चित भएका हुन । गाउँमा बिजुलीको पोल गाडेको लाइन जडान भयको बर्षै भइसक्यो स्थानिय रबिन्द्र सिहले भने ‘बत्तीबालेर एक दिन घर झिलीमिली पार्ने ठूलो धोको अधुरै रहेको छ ।’ उनले बिजुलीको उज्यालो नदेखेर टुकीको भरमा जिवन बिताउनु पर्ने बाध्यता रहेको बताए । गाउँमा आएपछी मोबाईल चार्ज समेत नभएर सम्पर्क बिहिन हुनु परेको अर्का स्थानिय रोषन सिहले बताए ।

स्थानिय धन बहादुर सिंहले कहिले बत्तीको उज्यालोमा बस्न पाईने हो भनेर अनविज्ञता रहेको बताए । ‘यो उमेर सम्म बिजुली बत्तिको उज्याले देखेको छैन’ उनले भने । गाउँमा विद्युतीकरण भएको भए कुटानी पिसानी र काठको उद्योग पनि संचालनमा ल्याउन सजिलो हुनुका साथै गाउँका बेरोजगारले युवाले पनि रोजगारी पाउँने स्थानिय डम्बर सिंहले बताए ।

राष्ट्रिय प्रशारण लाईनमा जोड्नका लागि जयपृथ्वी नगरपालिकामा भरी नै काम गर्ने गरी काम संचालन गरेको भएपनि ठेकेदार र विद्युत कार्यालयका हाकीमको लापरवाहिले काममा ढिलाई भएको छ । नेपालकै दोस्रो जलश्रोतको ठूलो धनी जिल्ला भनेर चिनिने बझाङमा अटुट रुपले बगीरहने सेती नदी, घाट गंगा, बाउली गाड, सुनी गाड, कालगा नदी, डुग्रीगाड, जडारी गाड, लिसि गाड, लगाएत १२ भन्दा बढि गाड र खोला रहेका छन ।

तर अहिले सम्म बिद्युत उत्पादनका लागि भने ठूलो लगानी हुन सकेको छैन । जलस्रोतको धनी जिल्ला भए पनि जिल्ला बासिले बिद्युत उत्पादन गरी स्थानिय स्थरमा बति बाल्नेको संख्या जिल्लाभरमै निकै कम रहेको छ।स्थायीनिय बासीहरुको घर घरमा पनि लाइन जोडान भयपनि आज सम्म पनि बत्ती बाल्न सकिएको छैन भने दुखेसो स्थानीयवासीले गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार