• होमपेज
  • बाजुरा बिशेष
  • खाद्य संस्थान बाजुरा शाखामा चामल सकियो

खाद्य संस्थान बाजुरा शाखामा चामल सकियो

बजारमा कालोबजारी बढदो

  • शुक्रबार, जेष्ठ ७, २०७८
खाद्य संस्थान बाजुरा शाखामा चामल सकियो

बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखामा चामल सकिएको छ । कोरोनाको कहर सँग लकडाउन बढेपछि खाद्य संस्थानको चामलमा बिक्रि बढेपछि संस्थानमा चामल सकिएको बाजुरा शाखाले वताए ।
यो आर्थिक बर्ष खाद्य संस्थान बाजुरा मार्तडी शाखाले ४८ सय कुन्टल चामल बिक्रि गरेको शाखा प्रमुख मेखराज ओझाले वताएका छन् । चामल सकिएको दुुईदिन भएको अहिले बिक्रि गर्न एकदाना चामल पनि नरहेको ओझाले वताएका छन् । जिल्ला कारागारा शाखाको लागि ५० कुन्टल चामल मात्र रहेको अरुलाई बिक्रि गर्ने चामल एक दाना पनि नभएको वताए ।
संस्थानमा चामल सकिएपछि बाजुरामा महँगो चामल किन्न बाध्य भएका छन् । संस्थानमा चामल १ हप्ता भित्र आउने शाखा प्रमुख ओझाले वताएका छन् । ३५ सय कुन्टल चामलको कोटा थप गरेर धनगढी र महेन्द्रनगर बाट आउन लागेको वताए । बढिमा २ हप्ता सम्म मार्तडीमा चामल पुगिसक्ने बताए । संस्थानले मोटो चामल प्रति केजी ४५ र जिरा मसिनो प्रति केजी ६६ मा बिक्रि गरिरहेको थियो ।
पुर्वोउत्तरी क्षेत्रमा रहेको खाद्य संस्थान कोल्टि शाखामा भने चामलको अभाब नरहेको वताइएको छ । कोरोनाको कहरले लकडाउन भएपछि संस्थानको चामल किन्नेको संख्या बढेपछि एकाएक चामल सकिएको संस्थानले वताएको छ । सदरमुकाम मार्तडीमा रहेको संस्थानमा चामल सकिएपछि बजार बाट महँगो चामल किन्न बाध्य भएको स्थानिय लाल बिकले वताएका छन् ।
ब्यापारिले बजारमा चामल अभाब भएको जनाइरहेका छन् । अर्कोतिर बजारको मुल्य भन्दा महँगो मुल्यमा बिक्रि भइरहेको जनगुनासो बढिरहेको छ । मोटो चामल लकडाउन नहुनु भन्दा पहिला सदरमुकाम मार्तडी प्रति केजी ४० मा बिक्रि हुने गरेको थियो, अहिले भने प्रतिकेजी ५० भन्दा महँगो लिने गरेको स्थानियले वताएका छन् ।
मार्तडीमा ब्यापार गरिरहेका नबराज पनेरुले भने आफुहरुले भन्दा पनि धनगढी मै चामलको मुल्य बढेर आउने गरेको वताए । मोटो चामल धनगढीमा प्रतिकेजी ३५ रुपैया पर्ने गरेको थियो, अहिले ४० भन्दा महँगो लिने गरेको वताए । संस्थानमा चामल सकिएपछि स्थानिय बजारमा चालमका लागि धाइरहेका छन् । खुलेआम कालोबजारी भन्दा पनि ब्यापारिले अघोषित रुपमा चामल मात्र नभइ दैनिक उपभोग्य सामानमा कालोबजारी गरीरहेको नागरिक समाजका अगुवा निमेन्द्र शाहिले वताए ।
जिल्ला प्रशासन कार्यलय बाजुुराले कालोबजारी नियन्त्रण गर्नका लागि अनुुगमन गरिरहेको साहयक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले वताए । कालोबजारी गरेको पाईएको तथा उजुरी भने नआएको तर मुल्य बृद्धि भने गरिरहेको पाईएको भण्डारीले वताए । केही दिनमा खाने तेलमा मुल्य बढि लिने ५ जना ब्यापारिलाई कार्यवाहि गरेको उनले वताएका छन् । स्थानिय बजार प्रशासन अनुुगमन गरिरहेको छ, कालोबजारी भन्दा पनि म्याद सकिएको सामान बिक्र हुने गरेको पाईएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । मुल्य बृद्धि भने यहाँ नभई धनगढी बाट नै भएर आउने गरेको ब्यापारिले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार