बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाचार
  • ब्यापारी बिसीद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

ब्यापारी बिसीद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

  • शुक्रबार, जेष्ठ ७, २०७८
ब्यापारी बिसीद्धारा अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग

अर्थ जङ्ग शाही/बझाङ्ग– सदरमुकाम चैन्पुरमा ब्यापार गर्दै आएका ब्यापारी दिपेश बिसी ले जिल्ला अस्पताल बझाङ्गका लागी अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि १० हजार सहयोग गरेका छन । जिल्लाको छबिसपाथीभेरा गाउँपालिका-६ लेकगाउँ घर भई हाल सदरमुकाम चैन्पुरमा (दिपेश मोवाइल ग्यालरी) चलाउँदै आएका बिसिले अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका हुन।
मानबिय सेवामा सबैको ऐकिबद्धता हुनुपर्छ भन्ने मान्यताले बिसिले यस अभियानमा सहयोग गरेको बताएका छन ।

अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै जिल्लाका नागरिकको स्वास्थ्यका टेवा पुगोस भनेर १० हजार सहयोग गरेको बिसिले बताएका छन । साँथै बिसिले कोरोना पीडितलाई निशुल्क २ कट्टा चामल पनि बितरण गरेका दिए।।
सदरमुकाम चैनपुरमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको युवा सँघका सदस्य रोकायाले बताएका छन ।

कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बझाङ्ग लाई दिने बिसिको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार