मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • देश
  • कठायतले गरे जन्मदिनको अवसरमा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

कठायतले गरे जन्मदिनको अवसरमा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

  • शुक्रबार, जेष्ठ ७, २०७८
सेयर गर्नुहोस् :
कठायतले गरे जन्मदिनको अवसरमा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री वितरण

अर्थ जङ्ग शाही/ बझाङ्ग — आफ्नो २२औ जन्मदिनको अवसर पारेर बझाङको वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ। नेपाली कांग्रेस निकट नेपाल विध्यार्थि संघ मष्टा गाउँपालिकाका अध्यक्ष विनोद कठायतले आफ्नो जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालय चैनपुरमा कार्यरत सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका हुन ।

वि.पि कोइराला युवा नेतृत्व विकास मञ्चका जिल्ला सह– सचिव समेत रहेका युवा नेता कठायतले जन्मदिनको अवसरमा वडा प्रहरी कार्यालयमा पुगेर सुरक्षाकर्मीहरुलाई स्यानिटाइजर र माक्स वितरण गरेका छन । उनले जन्मदिनको अवसरमा गरिने फजुल खर्च कटाएर कोरोना महामारीमा फन्टलाइनमा खटि सुरक्षा दिरहेका सुरक्षाकर्मीहरुलाइ स्वास्थ्य सामाग्री वितरण गरिएको बताए ।

प्रायजसो मानिसहले आफ्नो जन्मदिन ठूला ठूला होटलमा गएर भव्य खर्च गरेर मनाउने गर्छन । तर, नेविसंघका नेता कठायतले आफ्नो जन्मदिनमा सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री दिएर मनाएका छन । कठायतले आफ्नो जन्मदिनको दिन विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड १९ लाई मध्यनर गर्दै अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर जन्मदिन मनाउँदा निकै खुसी लागेको बताए । स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा वडा प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरुले नेता कठायतलाई जन्मदिनको शुभकामना सहित धन्यवाद दिएका थिए ।
Artha Jung Shahi Thakuri

चर्चामा

सम्बन्धित समाचार