
अर्थ जङ्ग शाही/ बझाङ्ग — सदरमुकाम चैन्पुरमा ब्यापार गर्दै आएका ब्यापारी जीवन सिँह ले जिल्ला अस्पताल बझाङ्गका लागी अक्सिजन ब्यबस्थापन तथा जोहो गर्नका लागि १५ हजार सहयोग गरेका छन । जयपुथ्वी नगरपालिका-६ नौरा घर भई हाल सदरमुकाम चैन्पुरमा (होटेल दोस्ती) चलाउँदै आएका सिहँले अक्सिजन ब्यबस्थापनका लागि सहयोग गरेका हुन।
मानबिय सेवामा सबैको ऐकिबद्धता हुनुपर्छ भन्ने मान्यताले सिँहले यस अभियानमा सहयोग गरेको बताएका छन । अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै जिल्लाका नागरिकको स्वास्थ्यका टेवा पुगोस भनेर १५ हजार सहयोग गरेको सिहँले बताएका छन ।
सदरमुकाम चैनपुरमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको युवा सँघका सदस्य रोकायाले बताएका छन । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बझाङ्ग लाई दिने सिँहको भनाई रहेको छ ।
