• होमपेज
  • समाज
  • इन्जिनियर पुष्प सुनारद्धारा अक्सिजन ब्यबस्थापनका लागि ६ हजार सहयोग

इन्जिनियर पुष्प सुनारद्धारा अक्सिजन ब्यबस्थापनका लागि ६ हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
इन्जिनियर पुष्प सुनारद्धारा अक्सिजन ब्यबस्थापनका लागि ६ हजार सहयोग

बाजुरा — नेपाल टेलिकम डडेलधुराका ईन्जिनियर तथा बाजुरा निबासी पुष्प सुनारले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ६ हजाररुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला ईन्जिनियर सुनारले बाजुराका नागरिकहरुका स्वास्थ्यमा टेवा पुर्याउनका लागि सहयोग गरेका छन ।
मानबिय सेवामा सबैको ऐकिबद्धता हुनुपर्छ भन्ने मान्यताले सुनारले यस अभियानमा सहयोग गरेको सामाजिक अभियान्ता सुरेन्द्र नाथले बताएका छन । अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै जिल्लाका नागरिकको स्वास्थ्यका टेवा पुगोस भनेर ६ हजार सहयोग गरेको अभियान्ता नाथले बताएका छन ।
जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उदेस्यका साथ सामासजिक अभियान मार्फत खरिद गरी जिल्ला अस्पताल बाजुरालाई राहत पुगोस भन्ने उदेस्यका अभियानमा साथ दिएको पुष्प सुनारले बताएका छन ।
सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको सामाजिक अभियान्ता चक्र मल्लले बताएका छन । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता मल्लको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार