• होमपेज
  • समाज
  • निर्माण ब्यबासायी शाहद्धारा अक्सिजन ब्यबस्थापनका लागि ७ हजार सहयोग

निर्माण ब्यबासायी शाहद्धारा अक्सिजन ब्यबस्थापनका लागि ७ हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
निर्माण ब्यबासायी शाहद्धारा अक्सिजन ब्यबस्थापनका लागि ७ हजार सहयोग

बाजुरा — बुढिगंगा नगरपालिका निबासी तथा निर्माण ब्यवासायी तिलक शाहले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ७ हजार ७ सय ५५ रुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला शाहले बाजुराका नागरिकहरुका स्वास्थ्यमा टेवा पुर्याउनका लागि सहयोग गरेका छन । मानबिय सेवामा सबैको ऐकिबद्धता हुनुपर्छ भन्ने मान्यताले शाहले यस अभियानमा सहयोग गरेको सामाजिक अभियान्ता सुरेन्द्र नाथले बताएका छन । अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै निर्माण ब्यबासायी शाहले जिल्लाका नागरिकको स्वास्थ्यका लागि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उदेस्यका साथ सामासजिक अभियान मार्फत खरिद गरी जिल्ला अस्पताल बाजुरालाई राहत पुगोस भन्ने उदेस्यका अभियानमा साथ दिएको शाहले बताए ।
सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको सामाजिक अभियान्ता चक्र मल्लले बताएका छन । कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता मल्लको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार