बाजुरा — निर्माण ब्यबासायी सघं बाजुराले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ४० हजार सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेकबा केही अभियान्ता तथा ब्यापारीहरु यबिेला अक्सीजन किन्न अभियान संचालन गरीरहेका बेला निर्माण ब्यबासायी सघ बाजुराले पनि सहयोग गरेको अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन । अक्सिजन ब्यबस्थापन अभियान संचालन भए संगै ब्यबासायी सघले जिल्लाका नागरिकको लागि ४० हजार सहयोग गरेको निर्माण ब्यबासायी सघ बाजुराका अध्यक्ष बिनोद शाहीले बताएका छन ।
जिल्लामा कोरोना भाइरसका बिरामी दिनानु दिन बढ्दै गएको अबस्थामा अक्सिजनको अभाव हुन नदिने उदेस्यका साथ सामासजिक अभियान मार्फत खरिद गरी जिल्ला अस्पताल बाजुरालाई राहत पुगोस भन्ने उदेस्यका साथ निर्माण ब्यबासयी सघ बाजुराले अभियानमा साथ दिएको अध्यक्ष शाहीले बताएका छन ।
सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यतिबेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सहयोग रकम जुट्दै गएको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता सिहंले बताएका छन ।