शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • सामाजिक अगुवा देबेन्द्र शाहद्धारा अक्सिजन जोहो गर्न ५ हजार सहयोग

सामाजिक अगुवा देबेन्द्र शाहद्धारा अक्सिजन जोहो गर्न ५ हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
सामाजिक अगुवा देबेन्द्र शाहद्धारा अक्सिजन जोहो गर्न ५ हजार सहयोग

बाजुरा — बाजुराका लामो समयदेखी समाजिक कार्य गर्दै आएका सामाजिक अगुवा तथा गुड नेभर्स इन्टरनेश्नल कार्यक्रम संयोजक देबेन्द्र शाहले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि लागि ५ हजार सहयोग गरेका छन । यो बिषम परिस्थीतीमा सानो सहयोगले पनि कसैको जिवनमा उपकार हुन्छ भने किन सहयोग नगर्ने भन्दै सामाजिक अगुवा शाहले अक्सिजन ब्यबस्थापनमा थोरै भए पनि सहयोग गरेकोे बताएका छन । कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सहयोग गरेको शाहले बताए । सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यबिेला अक्सीजन ब्यबस्थापनको अभियान संचालन गरे संगै सामाजिक अगुवा पनि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ता सिहंले बताएका छन । सामाजिक अगुवा शाहले सबैले यस अभियानमा सामेल हुन आग्रह समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार