बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिका सुचना अधिकारी कुबेर शाहीले अक्सिजन ब्यबस्थापनका लागि लागि ५ हजार सहयोग गरेका छन । केही दिन देखी आफै कोरोना संक्रमित हुदा भोगेको समस्यालाई मध्यनजर गरि सो अभियानमा उनले अक्सिजन ब्यबस्थापनमा थोरै भए पनि सहयोग गरेको शाहीले बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सहयोग गरेको शाहीले बताए । सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यबिेला अक्सीजन किन्न अभियान संचालन गरे संगै सुचना अधिकारी शाहीले पनि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खदिर गरी जिल्ला अस्पताल बाजुरालाई दिने अभियान्ताले बताएका छन । सुचना अधिकारी शाहीले त्यतीले नपुग्ने हुदा जिल्ला बासी सबैलाई यस अभियानमा सामेल हुन आग्रह समेत गरेका छन ।