मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • दृष्टि मेडिकलका सन्चालक नाथले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

दृष्टि मेडिकलका सन्चालक नाथले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
दृष्टि मेडिकलका सन्चालक नाथले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — हाल धनगडी उपमहानगरपालिकामा ब्यापार गर्दै आएका दृष्टि मेडिकलका सन्चालक र खप्तड छेडेदह गाउँपालिका वडा न ६ नवएकता युवा क्लवका अध्यक्ष झलक नाथले ५ हजार १ सय रुपैया सहयोग गरेका छन ।
नाथले कोबिट १९ को प्रभाव संगै धेरै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको भन्दै जिल्लाका सामाजिक अभियान्ताको अभियानमा अक्सिजन ब्यबस्थापनका लागि आर्थिक सहयोग गरेका हुन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सिजन किन्न अभियान संचालन गरे संगै नाथले पनि सहयोग गरेको अभियान्ता प्रकाश सिहंले बताएका छन ।
कोरोनाका गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षाका लागि अक्सिजन सिलिण्डर खरिद गर्न सहयोग सबैको सहयोगका लागि नाथले अपिल समेत गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार